एन आई सी एशिया क्यापिटलको नाफा १२ करोड १० लाख

एन आई सी एशिया क्यापिटलको नाफा १२ करोड १० लाख

काठमाडौं : मर्चेण्ट बैंकिङ्ग व्यवसायमा बढ्दै गइरहेको तीव्र प्रतिस्पर्धा, धितोपत्रको दोस्रो बजारको कारोबार समीक्षा अवधिभर नै मन्दी हुनु तथा समग्रमा देशको अर्थतन्त्र सुस्त भइरहेको समयमा समेत एन आई सी एशिया क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ मा आफ्नो समग्र व्यवसायमा उत्साहजनक वृद्धि गर्न सफल भएको दाबी गरेको छ।

चुक्ता पुँजी २० करोड रहेको एन आई सी एशिया क्यापिटलले समीक्षा आर्थिक वर्षमा १२ करोड १० लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.६०.५० कायम गर्न सफल भएको जनाएको छ। जुन गत वर्षको तुलनामा १६.१२ प्रतिशतले बढी हो।

आषाढ मसान्त, २०८१ को अन्त्यसम्म क्यापिटलले एन आई सी एशिया बैङ्क म्युचुअल फन्ड अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनाहरू सञ्चालन गरिरहेको छ। सञ्चालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल “एन आई सी एशिया ग्रोथ फन्ड”ले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत र पाँचौँ वर्ष १०.५० प्रतिशत गरी हालसम्म ७५.५० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ।

“एन आई सी एशिया ब्यालेन्सड् फन्ड”ले सञ्चालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष १३ प्रतिशत र चौथो वर्ष १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ। पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फन्ड” सञ्चालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोस्रो वर्ष ६ प्रतिशत र तेस्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ।

उक्त लाभांश वितरण पश्चात् तथा धितोपत्रको दोस्रो बजार तल्लो बिन्दुमा हुँदा समेत आषाढ मसान्त, २०८१ मा क्यापिटलबाट सञ्चालित योजनाहरू“एन आई सी एशिया ग्रोथ फन्ड” को खुद सम्पत्ति मूल्य (NAV) रु.११.४७,“एन आई सी एशिया ब्यालेन्सड् फन्ड” को खुद सम्पत्ति मूल्य (NAV) रु.११ पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फन्ड” को खुद सम्पत्ति मूल्य (NAV) रु.११.०९, तेस्रो बन्दमुखी योजना “एन आई सी एशिया सेलेक्ट ३० (इन्डेक्स फन्ड)” को खुद सम्पत्ति मूल्य (NAV) रु.११.४६, चौथो बन्दमुखी योजनाको “एन आई सी एशिया फ्लेक्सी क्याप फन्ड”को ११.३४ र पाँचौँ बन्दमुखी योजना एन आई सी एशिया ग्रोथ फन्ड–२ को खुद सम्पत्ति मूल्य (NAV) रु.१०.०७ कायम गर्न सफल भएको छ।

नेपालमा सञ्चालित सामूहिक लगानी कोष योजनाहरू मध्ये सुरक्षित अर्थात् न्यून जोखिम र नियमित रूपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फन्ड” अन्तर्गत Systematic Investment Plan (SIP) तथा Systematic Withdrawal Plan (SWP) योजनाहरू समेत सञ्चालन गरिरहेको र उक्त योजनामा अनलाइन मार्फत सहजै रूपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ।

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत “IDEA to IPO” सेवा सञ्चालन गरिरहेको छ। जस अन्तर्गत २०८१ आषाढ मसान्तसम्म २८ वटा कम्पनीहरुसंग दुई पक्षीय सम्झौता सम्पन्न भई कार्यहरू गरिरहेको छ। क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, Further Expansion हुँदै IPO जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्‍याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ। साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष सञ्चालन गर्नको लागि स्वीकृति प्राप्त गरी विशिष्टीकृत लगानी कोष अन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागिएको जनाएको छ।

लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम योजनाहरू सञ्चालन गरी आ.व. २०८०/०८१ को अन्त्यसम्ममा ७०४ जना ग्राहकहरूबाट रु.२ अर्ब ३४ करोड भन्दा बढी रकमको लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ। क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत समय समयानुकूल ग्राहकमुखी नविनतम् योजनाहरू सञ्चालन गरिरहेको छ। उक्त सेवा अनलाइन मार्फत समेत लिन सकिने व्यवस्था मिलाइएको छ। लगानी व्यवस्थापन सेवा अन्तर्गतको रकम गर्त वर्षको तुलनामा १६.५७ प्रतिशतले बढी हो।

क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रूपमा आम जनतामाझ पुर्‍याउन एन आई सी एशिया बैङ्क लिमिटेडको देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउन्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्य अन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवाहरू सहजै रूपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

क्यापिटलले २०८१ आषाढ मसान्तसम्म ७ लाख ३६ हजार भन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता सङ्ख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल दाबी पनि गरिएको छ। क्यापिटलले समग्र डिम्याट खाता सङ्ख्याको ११.७२ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ। हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” मात्र रु.९९९ मा Lifetime डिम्याट खाता नवीकरण हुने तथा रु.१,००० मा भुक्तानी गर्दा मेरो शेयर खाता Lifetime को लागि नवीकरण हुने योजना सञ्चालन गरिरहेको छ।

साथै “एन आई सी एशिया विद्यार्थी डिम्याट खाता योजना” अन्तर्गत निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्ने, अनलाइन मार्फत डिम्याट खाता खोल्दा १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने तथा “९९९ वैदेशिक रोजगार डिम्याट योजना”लगायतका योजनाहरू सञ्चालन गरिरहेको छ।

हाल एन आई सी एशिया क्यापिटलले भिडियो केवाइसी मार्फत समेत घरमै बसी डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाउनुको साथै सिकेवाइसी सेवा समेत सञ्चालनमा ल्याएको जनाएको छ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०८१ आषाढ मसान्तसम्म २४ वटा कम्पनीको शेयर रजिस्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ। निष्कासन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म २१ वटा कम्पनीको प्राथमिक शेयर निष्कासन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्कासन कार्य सम्पन्न गरी सम्बन्धित कम्पनीहरूलाई रु.१३ अर्ब भन्दा बढी शेयर पुँजी सङ्कलन गरिदिन सफल भएका
आषाढ मसान्तसम्म ३८ वटा भन्दा बढी कम्पनीको व्यक्ति तथा संस्थाहरूको नाममा रहेको विभिन्न कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ। साथै ४ वटा कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा पेस गर्न सफल भएको छ।

साथै हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरू माझ पुर्‍याउन“अव लाइनमा होइन, क्यापिटलको सेवा Online मा” भन्ने मूल नाराका साथ क्यापिटलसँग आबद्ध ग्राहकहरू तथा क्यापिटलबाट सेवा लिन चाहने ग्राहकहरूलाई प्रविधिको प्रयोग मार्फत क्यापिटलमा उपस्थित नभई मोबाइलबाटै सहज र सर्वसुलभ रूपमा सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ थप सेवा सुविधा सहित “Mobile App” सञ्चालन गरिरहेको छ। आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरूलाई “Mobile App” मा Integration गरी डिजिटलाईजिड रूपमा उपलब्ध गराउने रणनीति लिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.