ग्लोबल आइएमई बैंकको सञ्चालक समितिलाई पूर्णता

ग्लोबल आइएमई बैंकको सञ्चालक समितिलाई पूर्णता

230
SHARES

काठमाडौं : ग्लोबल आइएमई बैंकको स्वतन्त्ररमहिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन्। बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवालीसँग लामो समयदेखि दर्जनौ सामाजिक संघसंस्थामा रहेर काम गरेको अनुभव समेत छ।

ज्ञवालीको नियुक्तिसँगै ग्लोबल आइएमई बैंकको ७ सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको छ।

बैंकको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् भने अन्य सञ्चालकहरुमा रामबहादुर भण्डारी, राधेश पन्त, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल छन्।

समाचार शेयर गर्नुहोस्
230
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.