निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस

ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस

179
SHARES

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई किक फन वर्ल्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मूल्यको १० प्रतिशत रकम बोनस स्वरूप प्रदान गर्ने समझदारी भएको छ।

उक्त समझदारीमा ग्लोबल आइएमई बैङ्कका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वर्ल्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार बैङ्कको ग्राहकहरूले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डबापतको भुक्तानीको लागी बैङ्कको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउनेछ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न सङ्घ–संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको जनाएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको जनाएको छ।

बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

समाचार शेयर गर्नुहोस्
179
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.