निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

टिआरसीमा सहमति : शीर्ष नेतालाई बुझाउने भाका फेरी सर्‍यो

टिआरसीमा सहमति : शीर्ष नेतालाई बुझाउने भाका फेरी सर्‍यो

116
SHARES

काठमाडौं : सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधेयकमा भएको सहमतिको मस्यौदा शीर्ष नेताहरूलाई बुझाउने भाका फेरी सरेको छ।

शनिवारसम्म काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूलाई सहमतिको मस्यौदा प्रतिवेदन बुझाउने बताएको कार्यदलले फेरी सोमबारसम्म बुझाउने बताएको छ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलले सोमबारसम्ममा शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने तयारी गरेको कार्यदलका सदस्य सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। कार्यदलस्तरमा दुई दिन अघि सहमति भएको मस्यौदा प्रतिवेदन शनिवारसम्म शीर्ष नेतालाई बुझाउने भनिएको थियो।

कार्यदलले पेस गर्ने प्रतिवेदन र कानुनमा समावेश हुने विषय फरक भएमा विवाद उत्पन्न हुने भएकाले कानुन मन्त्रालयसँग थप छलफल गरेर दलहरूकै सहमतिमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्गो लगाउने उनले बताए।

पीडित मैत्री हुने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन सत्तारुढ एमाले र काँग्रेस सहित प्रतिपक्ष दल माओवादी केन्द्रबीच सहमति जुटिसकेको छ।

सङ्क्रमणकालीन न्यायका मुद्दाहरू सबै पीडितले न्याय पाउने र पीडकलाई कानुनको दायरामा ल्याउने गरी संसद्को चालु अधिवेशनबाटै पारित गरिने बर्तौलाले जानकारी दिए।

पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिर, अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी टुङ्गोमा पुर्‍याउन प्रमुख तीन दलहरू सहमत भएका छन्। विगतमा पनि पटक–पटक टिआरसीको अन्तर्वस्तुमा सहमति भए पनि अन्तिममा दलहरुबीच मत बाझिँदा यो विधेयक अन्योलमा पर्दै आएको छ।

टिआरसीको विषय टुङ्ग्याउन निकै विलम्ब भइसकेको भन्दै यस विषयलाई राजनीति गर्ने भाँडो नबनाउन सरोकारवालाहरूले पनि दलहरूलाई खबरदारी गर्दै आएका छन्।

सशस्त्र द्वन्द्व पीडितलाई न्याय दिलाउने सहमति किन गलत?

समाचार शेयर गर्नुहोस्
116
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.