निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मधेस सरकारमा मन्त्रालय १२, मन्त्री २०

मधेस सरकारमा मन्त्रालय १२, मन्त्री २०

130
SHARES

काठमाडौं : मधेस प्रदेशमा जम्बो मन्त्रिपरिषद् गठन भएको छ। मुख्यमन्त्री सतिश कुमार सिंहले ५ राज्यमन्त्री थपेर मन्त्रिपरिषद् २० सदस्यीय बनाएका छन्।

१२ वटा मन्त्रालय रहेको मधेस सरकारमा सङ्घीय सरकारको भन्दा पाँच जना मात्रै कम २० जना मन्त्री नियुक्त गरेर मुख्यमन्त्री सिंहले अरू प्रदेशहरूलाई उछिनेका छन्।

संविधानको धारा १६८ को उपधारा ९ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्री सहित प्रदेश सभाका कुल सदस्य सङ्ख्याको बिस प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था छ।

मधेस प्रदेश सभामा १०७ जना सदस्य छन्। संविधानमा भएको व्यवस्था अनुसार भने अझै एक जना मन्त्री नियुक्त गर्ने बाटो मुख्यमन्त्री सिंहसँग छ। मुख्यमन्त्री सिंहले काँग्रेसबाट २ र एमाले, जनमत पार्टी र लोसपाबाट एक/एक जना राज्यमन्त्रीमा नियुक्त गरे।

एमालेका मोहम्मद जैद आलमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भु कुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री नियुक्त गरिएको छ।

काँग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजकलाई ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। राज्यमन्त्रीहरूले मङ्गलवार नै शपथ लिएका छन्।

समाचार शेयर गर्नुहोस्
130
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.