निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

फलोअप

मृत्यु भएका व्यक्तिको औँठाछाप किर्तेमा अनिताको बयान : ‘विश्वास गरेकाले नै फसाए’

मृत्यु भएका व्यक्तिको औँठाछाप किर्तेमा अनिताको बयान : ‘विश्वास गरेकाले नै फसाए’

150
SHARES

काठमाडौं : चार वर्ष अघि मृत्यु भएका व्यक्तिको हस्ताक्षर र औँठाछाप किर्ते गरेर सत्कार सेक्युरिटी कम्पनी आफ्नो नामसारी गर्ने अनिता घिमिरे चौरेल लिखत किर्ते मुद्दा खेपिरहेकी छन्। आपराधिक विश्वासघात गरी ठगी गरी आपराधिक लाभ लिएको अभियोग उनी विरुद्ध लागेको छ।

ललितपुर जिल्ला अदालतले अनिताको बयान र सञ्चालक समितिको बैठकमा निजको उपस्थिति देखिँदा अहिले नै निर्दोष हुन भन्ने विश्वसनीय आधार नदेखिएको आदेश सुनाइसकेको छ।

अदालतको आदेश लेखिएको छ,’अनिता घिमिरे चौरेल र इन्द्रबहादुर अर्याल मिली किर्ते सही छाप, औँठा छाप प्रयोग गरी, रघुनाथ खड्काको मृत्यु पश्चात् २०८० साल भाद्र २० गतेको मिति राखी लिखत तयार पारी कम्पनीको शेयर नामसारी गरेको पाइएको र अदालतमा जाहेरवालाको बुबाको मृत्यु भइसकेपछि निजको नामको शेयर आफ्नो नाममा नामसारी गरी जाहेरवालालाई ठगी गरेकोले ठगीमा कारबाही हुनुपर्छ भनी मौकामा कागज गर्ने राजु प्रसाद नेपाल, सूर्यप्रसाद गौतमले गरी दिएको घटना विवरण कागजात रहेको देखिन्छ।’

रघुनाथको २५ भदौ २०७६ मृत्यु भएको थियो। छोरा रञ्जितले बुवाको मृत्यु पश्चात् पटक पटक मौखिक रूपमा शेयर नामसारी गर्न घिमिरेलाई आग्रह गरेको उल्लेख गरेका छन्।

मृत्यु भएका व्यक्तिको ‘औँठाछाप’ समेत किर्ते गरेर कम्पनी नामसारी

रघुनाथका छोरा रञ्जित खड्काले चार वर्ष अघि मृत्यु भएका बुबाको हस्ताक्षर र औँठा छाप समेत किर्ते गरेर कम्पनी नामसारी गर्ने अनिताविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दरखास्त दिएका थिए। सत्कार सेक्युरिटी प्रा.लि.का संस्थापक शेयर सदस्यको रूपमा रञ्जितका बुबा खड्का र अनिताले ४० र ६० प्रतिशत शेयर कायम गरी चलाएका जाहेरी दरखास्तमा उल्लेख छ।

रञ्जितको जाहेरी दरखास्तमा पक्राउ परेकी चौरेल अदालतको आदेशमा १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छन्। अरू प्रतिवादीहरू फरार छन्। चौरेलले भने आफूलाई फसाइएको जिकिर गरेकी छन्।

उनले सत्कार सेक्युरिटी कम्पनी सञ्चालिकाको ठाउँबाट कुनै लिखत किर्ते नगरेको दाबी गरेकी छन्। ‘मैले रञ्जित खड्काको नाता प्रमाणित र नागरिकता कम्पनीको काम गर्ने विनोद खतिवडालाई दिएको हो। उसले कसरी काम गरेको हो मलाई केही थाहा छैन। मैले नियम ,कानुन सम्मत काम गर्न भनी डकुमेन्ट दिएको हो,’उनले पहिचान अनलाइनलाई पठाएको सन्देशमा लेखिएको छ,’तर उनीहरूले नै लिखत किर्ते गरेको रहेछ हाल विनोद खतिवडा र नोटरी गर्ने कानुन व्यवसायी सुधिर तिमल्सिना दुवै जनालाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। हाल उनीहरू दुवै जना प्रहरीको अनुसन्धानमा फरार छन्।’

उनले आफू सामान्य पढेलेखेको गृहिणी एकल महिला यस्ता कामसँग केही जानकार नभएको जिकिर समेत गरेकी छन्। ‘मैले यस्तो काम कसरी गरुली? मैले जसलाई विश्वास गरेर काम गर्न दिए उनीहरूले नै मलाई फसाए,’उनले लेखिकी छन्,’यदि मैले गरेको थिए भने उनीहरू किन फरार छन्? मैले कुनै लिखत किर्ते ठगी नगरेको ब्यहोरा आम पाठकलाई यही पहिचान अनलाइन मार्फत स्पष्ट गर्न चाहन्छु।’

समाचार शेयर गर्नुहोस्
150
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.