"/>

तेस्रो लिङ्गी कथामा तीज गीत, मायाले गरिन जीवन्त अभिनय

तेस्रो लिङ्गी कथामा तीज गीत, मायाले गरिन जीवन्त अभिनय

काठमाडौं : ‘आखिर जन्म लिए पनि म मान्छेकै रूप,किन दिन्छ समाज अनेकथरी रूप’ पुष्पा नामक तीज गीतको सुरुवात नै यिनै शब्दबाट भएको छ।

पुष्पा अर्थात् तेस्रो लिङ्गीको वास्तविक कथा गीतले बोलेको प्रतिक्रिया सार्वजनिक भएका छन्। गीतमा दक्षिण एसियामै पहिलो पटक कानुनी रूपमा इन्द्रेणी विवाह दर्ता गर्ने माया गुरुङ्ग तेस्रो लिङ्गी मोडल बनेकी छन्।

मलाई मन पर्ने कुरामा समाज किन अवरोध गर्छ? पुष्पाले सोधेकी छन्। जन्मँदा बालक हुर्कर्दै जाँदा महिला स्वभावका पुष्पाले तेस्रो लिङ्गीको वास्तविकता देखाइदिएका छन्। गीतले माया गुरुङ्गको वास्तविक कथालाई जीवन्त बनाएको छ।

गीतमा भने जस्तै मायाले स्वतन्त्र भएर बाच्न सङ्घर्ष गरिरहेकी छन्। आफ्नो लैङ्गिक पहिचानलाई परिवारले नबुझिदिँदा महिलासँग विवाह गरेर घरबार गर्न नसकेको कमजोरी लुकाउन बाध्य मायाको व्यथा गीतले बोलेको छ।

मायासँग बाहिर देखिने एउटा चित्र र भित्र अर्को चित्र छ। गाउँ छोडेर शहर आएकी माया बालक जन्मिए। हुर्कँदै जाँदा उनमा पुरुषको स्वभाव आएन। महिला बन्न गाजल, चुरा सहितको पहिरन लगाए। तर, उनको पहिचान गाउँ समाजले स्वीकार गरेन।

गाउँ छोडेर शहर आइन। शहरमा पनि तथानामको उपाधि पाइन। वैदेशिक रोजगारीमा गइन। शरीर छामछुम गर्नेहरू नै दुष्मन बने पछि उनी स्वदेश फर्किइन।

२०७४ साल असोजमा सुरेन्द्र पाण्डेसँग लगनगाँठो कसिन मायाले। १३ मङ्सिर २०८० मा लमजुङको दोर्दी गाउँपालिकामा कानुनी रूपमा समलिङ्गी तेस्रो लिङ्गी जोडीको विवाह दर्ता गर्न सफल भइन उनी।

आफू जस्तै व्यक्तिहरूलाई सङ्गठित गरेर अधिकारका लागि मायाको पहिचान नेपाल मार्फत अभियान चलाइरहेकी मायाले अभिनय गरेको तिज गीतले रूपको ‘घमन्ड’ गर्न हुँदैन भनेको छ। तेस्रो लिङ्गी व्यक्तिहरूलाई गाउँमा भन्दा शहरमा झन् हेला भएको पीडा गीतले व्यक्त गरेको छ। गीत ‘गाउँमा हुँदा हेला भो, शहरमा झन् हेला भो, आफ्नै भन्नेहरू पनि रिसैरिसले छुट्ने बेला भो। मलाई पनि भाँच्न मन छ, छमछम कम्मर, विभेद गर्छौ मान्छेलाई नै पूजा गरे हुन्न र,’भन्दै सकिन्छ।

गीतमा तेस्रो लिङ्गी रोल मोडल समेत बनेकी माया अनलाइन खबरको चालिस मुनिका चालिसमा छानिएर दक्षिण एसिया जगाउने दम्पती बनेकी छन्। विक्रमबाबु विश्वकर्माको शब्द रहेको गीतमा टिका पुनले स्वर दिएकी छन्।

सङ्गीत सुवर्ण दुलाल, सङ्गीत संयोजन खेमराज गौतम, रेकर्डिङ र ध्वनि मिश्रण विमल छिनालको छ। गीतमा मायासँगै सुवर्ण दुलाल, हुमेश भण्डारी, इन्दि गुरुङ, अनिता थापा र विमल पाठकले कलाकारको भूमिका निभाएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.