निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सहकारीको रकम अपचलन : रविसँग भदौ ७ गते बयान

सहकारीको रकम अपचलन : रविसँग भदौ ७ गते बयान

183
SHARES

काठमाडौं : सहकारी विशेष समितिले आगामी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ।

आइतबार पाँच वटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिएको समितिले अब भदौ ७ गते बस्ने बैठकमा पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने बयान लिने समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए।

लामिछानेसँगै पूर्वडिआईजी छविलाल जोशीको पनि बयान लिने तयारी समितिले गरेको छ। अब केही व्यक्तिको मात्रै बयान लिन बाँकी रहेको दाहालले बताए।

हालसम्म जेलमा रहेका १९ जना र अपचलन भएको भनिएका सहकारीका व्यवस्थापक, सञ्चालक र पदाधिकारी गरी २० जना गरी ३९ जनासँग बयान लिएको समितिले जनाएको छ।

बयान लिने काम अन्तिम चरणमा पुगेसँगै समितिले प्रतिवेदन लेखनको काम पनि तीव्र पारेको छ। प्रतिवेदनको पहिलो खण्डमा प्रमाणलाई लिपिबद्ध गर्ने, दोस्रो खण्डमा समस्या र समाधान तथा तेस्रो खण्डमा दण्डित गर्नुपर्ने व्यक्तिको नामै उल्लेख गर्ने तयारी छ।

गत जेठ १५ गते गठन भएको समितिले सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गरी प्रतिवेदन दिन तीन महिनाको समय पाएको थियो।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्व सञ्चालक सचिव अनुज नकर्मी कारागार चलान भएका छन्। सहकारी ठगीको मुद्दामा फरार रहेका उनलाई काठमाडौं दक्षिणकालीबाट पक्राउ गरेर पोखरा लगिएको छ।

पर्साको वीरगन्ज महानगरपालिका–१४ श्रीपुर घर भई हाल पोखरा घारीपाटन बस्ने ४८ वर्षीय नकर्मीलाई आइतबार कास्की जिल्ला अदालतमा हाजिर गराइएको र उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

सहकारी पीडितको उजुरीको आधारमा सहकारीको रकम हिनामिना गर्ने १९ जनालाई प्रतिवादी बनाएर गत वर्ष नै सहकारी ठगीको मुद्दा दर्ता भइसकेको छ।

उनीहरुविरुद्ध १ अर्ब ३५ करोडको बिगो दाबी गरिएको छ। प्रतिवादीमध्ये ५ जना पुर्पक्षका लागि थुनामा रहेका छन्। हाल पक्राउ परेका नकर्मी छैटौँ प्रतिवादी हुन्। जीवी राईसहित अन्य १३ जना आरोपी फरार रहेका छन्।

समाचार शेयर गर्नुहोस्
183
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.