हसिनाविरुद्ध बङ्गलादेशको अन्तरिम सरकार एक्सनमा

हसिनाविरुद्ध बङ्गलादेशको अन्तरिम सरकार एक्सनमा

एजेन्सी : बङ्गलादेशको अन्तरिम सरकार, पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध खरो रूपमा उत्रिएको छ। शेख हसिनाले देशमा चर्किएको आन्दोलन थेग्न नसकेपछि देश छोडेर भागेको झन्डै २ हप्ता बितिसक्दा पनि उनी विरुद्ध बङ्गलादेशमा अझै आक्रोश रोकिएको छैन।

अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले हसिनालाई गलाउनकै लागि सार्वजनिक बिदाको दिन पनि अदालत खुल्ला गरे। बिदाको दिन शेख हसिनासहित अन्य ३३ जना विरुद्ध विरुद्ध अदालतमा मुद्दा दर्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनीहरू विरुद्ध ’हिफाजत–ए–इस्लाम’ द्वारा आयोजित एक र्‍यालीमा अन्धाधुन्ध गोली चलाएर सामूहिक हत्या गरेको आरोप लगाइएको छ। ‘ढाका ट्रिब्युन’ अखबारका अनुसार बङ्गलादेश पिपुल्स पार्टी (बीपीपी) का अध्यक्ष बाबुल सरदार चखरीले ढाकाको महानगरीय मजिस्ट्रेट अदालतमा मुद्दा दर्ता गराएका हुन्।

हसिनाविरुद्ध अहिले बङ्गलादेशमा ११ वटा मुद्दा दर्ता छन्। जसमा ८ हत्या, १ अपहरण तथा मानवताविरुद्धको अपराध र २ जातीय नरसंहारका मुद्दा रहेका छन्।

भारतमा अर्को बलात्कारको घटना

भारतमा एक सरकारी महिला चिकित्सकको सामूहिक बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउँदै अर्को बलात्कारको घटना सार्वजनिक भएको छ।

उत्तराखण्डको देहरादूनस्थित एक सरकारी बस स्ट्यान्डमा गत साता एक नाबालिगमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो।

सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। गत अगस्ट १२ तारिखको राती दिल्लीबाट देहरादुन आउँदै गरेको बसमा एक नाबालिग बालिकाको सामूहिक बलात्कार भएको थियो।

देहरादुनका एसएसपी अजय सिंहले घटनास्थलमा जडान गरिएको सिसिटिभी क्यामेराको आधारमा बसलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

पक्राउ पर्नेमा २ जना बस चालक, १ कन्डक्टर, १ क्लिनर र १ क्यासियर रहेका छन्। अगस्ट १७ मा बाल कल्याण समितिकी सदस्य प्रतिभा जोशीले पटेल नगर प्रहरी स्टेसनमा लिखित उजुरी दिएपछि बलात्कारको घटना बाहिर आएको हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.