भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु

भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु

तस्बिर : सशस्त्र प्रहरी

काठमाडौं : पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको छ। १६ जना घाइतेको काठमाडौं ल्याएर उपचार भइरहेको छ।

दुर्घटनाको कारण पत्त लगाउन अनुसन्धान गर्ने जिल्ला प्रशासन कार्यालय तनहुँले जानकारी दिएको छ। दुर्घटनाको कारण सडकको अवस्था, गाडीको कन्डिसन र चालकको लापरबाही मध्ये एक हुन सक्ने अनुमान प्रशासनले गरेको छ।

चालक र सहचालकसहित ४३ यात्रु सवार बस शुक्रवार बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो।भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट पर्मिट लिएर नेपाल भित्रिएको भारतीय बस २ दिन पोखरा बसेर काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको हो। मृतकको शव र घाइतेलाई सुरक्षा निकायले डोरीको सहायतामा उद्धार गरेका थिए।

​मृतकको नामावली

१. वर्ष ४५ का सुहास प्रभाकर राणे (पुरुष)

२. वर्ष ४२ की सरला सुवास राणे (महिला)

३. वर्ष ५७ की नीलिमा सुनिल घाडे (महिला)

४. वर्ष ६२ का तुक्सीराम तायडे (पुरुष)

५. वर्ष ४५ की मङ्गला विलास राणे (महिला)

६. वर्ष ६० का सुधाकर वकीराम जावके (पुरुष)

७. रोहिणी सुधाकर जावके

८. सागर कडु जावके

९. वर्ष ६० की भारती प्रकाश जावके (महिला)

१०. वर्ष ५० को संदिप राजाराम सरोदे (पुरुष)

११. पल्लवी सन्दीप सरोदे

१२. गणेश पाण्डुरंग भारंवे

१३. सुलभा पाण्डुरंग भारंवे

१४. मिनल गणेश भारंवे

१५. वर्ष ६ की परी गणेश भारंवे (महिला)

१६. नीलिमा चन्द्रकान्त जावके

१७. वर्ष ४४ को पंकज भगवन भंगाके (पुरुष)

१८. अनिता अविनाश पाटिल

१९. मुर्तीजा खान

२०. वर्ष २८ को अनुप सरोजे (पुरुष)

२१. वर्ष ६० की सरला तुडसिराम ताछेडे (महिला)

२२. वर्ष ६२ की सुल्क वारमे (महिला)

२३. रुपाली हेमराज सरोजे

२४. गोकर्णी सन्दीप सरोदे

२५. वर्ष १६ की सदना सुहास राय

२६. सरोज मनोज भिरुक

२७. एकजनाको सनाखत हुन बाँकी

घाइतेहरू :

१. वर्ष ६० का सुनिल झाण्डे‚ कम्मरमा चोट‚ अवस्था गम्भीर।

२. वर्ष ४५ की भारती पटेल‚ विभिन्न भागमा चोट‚ अवस्था गम्भीर।

३. वर्ष ३२ को अविनाश पटेल‚ दुवै गोडा र छातीमा चोट‚ अवस्था गम्भीर।

४. वर्ष ४५ की रेखा कोटी‚ शरीरका विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।

५. वर्ष ५५ को न्यारेश्वर नोन्डे‚ शरीरका विभिन्न ठाउँमा चोट।

६. वर्ष ५८ को आनन्द इक्ले‚ विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।

७. वर्ष ६० की आशा पाण्डुरा पटेल‚ शरीरका विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।

८. वर्ष ६० की शारदा पटेल‚ विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।

९. वर्ष ५५ को प्रवीण पटेल‚ अनुहार र हातगोडामा चोट‚ अवस्था गम्भीर।

१०.। वर्ष ५६ को हेमराज सरौती‚ विभिन्न ठाउँमा चोट‚ बोल्न सक्ने।

११. वर्ष ५८ की आशा बोन्डे दुवै हातमा र अनुहारमा चोट‚ अवस्था गम्भीर।

१२. वर्ष ४३ की रूपाली सरौदी‚ विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।

१३. वर्ष ५६ का हेमराज सरोद

१४. वर्ष ४५ को सिम अनन्तास्कन्डे​​

१५. वर्ष ६७ की कुमोदिनी झाप्रे

१६. वर्ष ४२ की नीलिमा घेरोङ

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.