निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दोरम्बा पहिरोका मृतकको घटनास्थलमै पोस्टमार्टम

दोरम्बा पहिरोका मृतकको घटनास्थलमै पोस्टमार्टम

143
SHARES

काठमाडौं : मध्यरातमा पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु भएको छ। ४ जना बेपत्ताको खोजी भइरहेको छ। एक जना बालिकालाई जीवितै उद्धार गरेर उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ।

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ लेखर्कस्थित पहरी गाउँमा पहिरोले घर बगाउँदा उर्मिला पहरी, सन्दीप पहरी, विज्ञान पहरी, सन्तोष पहरी, चण्डिका थापामगर र उनका १८ महिने छोरा आमस थापा मगरको शव फेला परेको प्रहरीले जनाएको छ।

घाइते अवस्थामा उद्धार गरिएकी १० वर्षीया अन्जना पहरीको खुट्टा भाँचिएको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेले जानकारी दिए।

दोरम्बामा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, एक बालकको जीवितै उद्धार

पहिरोमा परी बेपत्ता भएका चार जनाको खोजीका सुरक्षाकर्मीको टोली परिचालित भएको छ। मृतकको शव घटनास्थलमै पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको न्यौपानेले बताए। ‘घटनास्थलमा चिकित्सकसहितको टोली खटिएको छ,’उनले भने,‘चिकित्सकको टोलीले पोस्टमार्टम गरेर मृतकको शव परिवारलाई बुझाइसकेको छ।’

पहिरोको जोखिममा रहेका ३५/४० घरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। ‘पहिरोको जोखिममा रहेका ३५/४० घरका करिब १५० जनालाई गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ,’उनले भने,‘बेपत्ताको खोजीमा भने पानी परिरहेकाले समस्या भएको छ।’

अस्थायी टहरा बनाएर राखिएको उनले जानकारी दिए। घटनास्थलमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङसहितको टोलीले पनि अवलोकन गरेको उनले बताए।

ठुलो पानी परिरहेकाले अहिले बेपत्ताको खोजी रोकिएको छ। पानी पर्न कम भएसँगै खोजी कार्य सुरु गर्न टोली तयारी अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
143
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.