निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बचत फिर्ताका लागि पानीमा रुझ्दै आन्दोलन (भिडियो)

बचत फिर्ताका लागि पानीमा रुझ्दै आन्दोलन (भिडियो)

224
SHARES

काठमाडौं : देशको राजधानी काठमाडौँको रत्नपार्क र माइतीघरमा अचेल प्राय दिनहुँ जसो आन्दोलन हुन थालेको छ। विभिन्न नाममा हुन्छन् आन्दोलन। आन्दोलनले माइतीघर र रत्नपार्कको सडक अस्तव्यस्त हुन थालेको छ।

आइतबार अबेर साँझसम्म माइतीघरमा भाषण चलिरहेको थियो,सहकारीमा बचत गरेको रकम फिर्ता पाउँ भनेर। सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत मुछिएका छन्।

उनका बिजनेस पार्टनर जीवी राई हालसम्म बेपत्ता छन्। उनले पछिल्लो पटक चार महिना गृह मन्त्रालय सम्हाले। भाषण दिए, काम गरेनन्। न निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई पक्राउ गर्न सके, न सहकारीको अर्बौँ रकम अपचलन गरेका जीवीलाई पक्राउ गरेर ब्रेकिङ न्युज नै दिए। तर, भाषण भने गिनिज बुकमै नाम लेखाउने जसरी दिए।

सहकारी पीडितको बचत फिर्ता गराउन पनि सकेनन् उनले। आफैँ रकम अपचलनमा मुछिए। संसदीय छानबिन विशेष समिति नै बनेको छ। चालु आर्थिक वर्षको बजेट प्रस्तुत भएको जेठ १५ मा तीन महिनाको कार्यादेश पाएर गठन भएको संसदीय समितिले प्रतिवेदन बुझाइसकेको छैन।

संसदीय इतिहासमा सम्भवतः पहिलो पटक पक्राउ परेकाहरूलाई समितिमै झिकाएर बयान समितिले ९ मिनेटमा सबै भनिदिने बताएका उनै लामिछानेसँग ९ घण्टा समय लियो। समिति प्रतिवेदन लेखनको अन्तिम तयारीमा छ।

सहकारीका बचतकर्ताहरू यतिबेलै काठमाडौं केन्द्रित आन्दोलनमा छन्। रत्नपार्क र माइतीघर सहकारी बचतकर्ताको आन्दोलन गर्ने थलो बनेको छ। सिंहदरबार घेर्ने चेतावनी दिइरहेका छन् उनीहरू।

सहकारी सञ्चालकको सम्पत्ति बेचबिखन गरेर भए पनि रकम फिर्ता पाउनु पर्ने माग छ उनीहरूको। उनीहरू आन्दोलनमा सहभागी भए पछि बचत फिर्ता पाउने आसमा छन्। त्यसैले त पानीमा रुझ्दै उनीहरू नारा लगाइरहेका छन्।

भिडियो :

समाचार शेयर गर्नुहोस्
224
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.