ग्लोबल आइएमई बैङ्कको बालबालिका लक्षित ग्लोबल जुनियर एप

ग्लोबल आइएमई बैङ्कको बालबालिका लक्षित ग्लोबल जुनियर एप

275
SHARES

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ। बैङ्कले बालबालिकाहरूमा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न यो एप सार्वजनिक गरेको जनाएको छ।

बैङ्कले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफै डिजिटल बैंकिङ्गको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको उमेर समूहका बालबालिकाहरूले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन्।

यो एप मार्फत बालबालिकाहरूले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकाहरूमा आर्थिक जिम्मेवारीको समेत विकास हुनेछ साथै, आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाहरूको लागि ग्लोबल जुनियर एपमार्फत नविनतम् वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैङ्कले लिएको छ।

यो एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकाहरूमा वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता विकासको लागि सुरक्षित वातावरण समेत रहेको छ ।

ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका किशोर प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको प्लेटफर्म हो। यो एप बालबालिकाहरूले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैङ्कको मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकहरूको समन्वयमा सजिलै सुचारु गर्न सकिन्छ।

ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्युआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधाहरू उपलब्ध छन्।

यो एप डाउनलोड गरेर पहिलो वर्षको लागि निःशुल्क रूपमा प्रयोग गर्न सकिन्छ। आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

समाचार शेयर गर्नुहोस्
275
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.