रविविरुद्ध मुद्दा चलाउन प्रतिवेदन कुर्दै प्रहरी

रविविरुद्ध मुद्दा चलाउन प्रतिवेदन कुर्दै प्रहरी

336
SHARES
फाइल तस्बिर

काठमाडौं : सहकारीका बचतकर्ताको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिको म्याद १५ दिन थप भएको छ। प्रतिनिधिसभाको मङ्गलवार बसेको बैठकले समितिको म्याद १५ दिन थप गरेको हो।

गत जेठ १५ गते गठन भएको समितिको पहिलो बैठक बसेको २२ गते तीन महिना पुग्दैछ। प्रतिनिधिसभाले समितिको अवधि सकिन ५ दिन मात्रै बाँकी रहँदा म्याद थप गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

समितिका सभापति सूर्य थापाले सहकारी समस्या जरैदेखि समाधान गर्ने गरी प्रतिवेदन तयारीको काम भइरहेको दबी गरे। प्रतिनिधिसभा बैठकमा समितिको कार्यादेश पुरा गर्न अझै केही समय लाग्ने भन्दै उनले समितिको ५१ औँ बैठक बसेर सहकारी पीडित, पिडक, आरोपित र सम्बन्धित ५० जनासँग बयान लिएको सुनाए।

संसदीय छानबिन समिति प्रतिवेदन लेखनको अन्तिम तयारीमा जुटिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि मुद्दा चलाउने तयारी भएको छ।

कास्की प्रहरीले पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा मुछिएका लामिछानेसँग प्रहरी प्रधान कार्यालयमा बोलाएर बयान लिएको छ।

लामिछाने गृहमन्त्रीबाट पदमुक्त भएसँगै प्रहरीले बयान लिएको हो। लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम कसरी आयो? भन्ने प्रश्नमा लामिछानेले आफूलाई थाहा नभएको जवाफ दिँदै आएका छन्।

प्रहरीले लामिछानेलाई पहिलो चरणको सोधपुछ गरी कागज गरेर छोडेको छ। प्रहरी मुद्दा चलाउन संसदीय छानबिन समितिको प्रतिवेदन कुरेर बसेको छ।

बचत फिर्ताका लागि पानीमा रुझ्दै आन्दोलन (भिडियो)

समाचार शेयर गर्नुहोस्
336
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.