निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गोदी मिडिया चलाएको भनेपछि जङ्गिए बालेन

गोदी मिडिया चलाएको भनेपछि जङ्गिए बालेन

332
SHARES

काठमाडौँ : काठमाडौं महानगरको कार्यपालिका बैठकमा प्रमुख बालेन शाह र जनप्रतिनिधिबिच चर्काचर्की परेको छ। मेयर बालेनको कार्यशैलीप्रति उपमेयर सुनिता डङ्गोलले नै असन्तुष्टि जनाइन। उपमेयरदेखि वडा अध्यक्षसम्मको असन्तुष्टिले मेयर बालेन दबाबमा परे।

मेयर बालेनलाई भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले जस्तै गोदी मिडिया चलाएको आरोप पनि लाग्यो। ३५ औँ नगर कार्यपालिका बैठकमा एक जनप्रतिनिधिले गोदी मिडियाको आरोप लगाएपछि बालेन जङ्गिए।

उपमेयर सुनिता डङ्गोलले पनि मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाइन। बालेनले एकलौटी निर्णय गर्ने गरेको र सिङ्गो महानगर नै विवादमा परिरहेको भन्दै बालेनको कार्यशैलीप्रति उनकै अगाडी डङ्गोलको असन्तुष्टि थियो।

महानगरले जारी गरेको सूचनामा ‘प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ’ भनेर लेखिएको तर आफूसँग कुनै सहमति नहुने गरेको उनले उल्लेख गरिन।

उनले सुरुमा छलफल गरेर निर्णय नगर्दा महानगरका धेरै जसो निर्णय लागु हुन नसकेको र संशोधन गर्नुपरेको बताइन। मेयर बालेनले आफूमाथि जति नै असन्तुष्टि र विरोध गरे पनि कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण भने गर्दै आएका छन्।

जिब्रोमा ब्रेक लगाउन माग

सरकारका मन्त्रीहरूको जिब्रोमा भने ब्रेक लगाउन सांसदहरूले माग गरेका छन्। ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ र मन्त्रालय बिक्री गर्ने अभिव्यक्ति दिने केन्द्र तथा प्रदेशका मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाउन सांसदहरूले सरकारसँग माग गरेका हुन्।

सत्तारुढ काँग्रेसका सांसद रामहरि खतिवडाले मन्त्री पद पैसामा बिक्री गर्न सुरु गरिएको हो? भनेर प्रश्न समेत गरेका छन्।

प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यवाहक प्रवक्तासमेत रहेका सांसद मनिष झाले आफूहरूलाई सभ्यता सिकाउने नैतिक अधिकार सरकारसँग नरहेको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद रोशन कार्कीले प्रदेश सरकारमा भद्रगोल देखिएको भन्दै भङ्ग गर्न माग गरिन।

समाचार शेयर गर्नुहोस्
332
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.