निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ग्लोबल आइएमई बैङ्कमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

ग्लोबल आइएमई बैङ्कमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

176
SHARES

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैङ्कमा नयाँ खाता खोल्दा नियमित सुविधाहरू सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत बैङ्कमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरू सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने बैङ्कले जनाएको छ।

ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा बिक्री) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको सञ्चालनको लागि मेरो शेयर, आइपिओ भर्न चाहिने सि–आस्वा रजिस्ट्रेसन नम्बर र जेबिएनएल सेक्यरिटिजमा शेयर बजारमा शेयर खरिद तथा बिक्रीका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन्।

यो सुविधा बैङ्कले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ। डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ। यी सेवाहरू बैकको ३५४ वटा शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ।

बैङ्कमा नयाँ खाता खोलेर वा आफ्नो भइरहेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिनेछ।

ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैङ्क हो। बैङ्कका ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखारहित बैङ्किङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टरहरू र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन्।

समाचार शेयर गर्नुहोस्
176
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.