"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘हामी बनाउँछौँ, हाम्रो क्याम्पस’ अभियान सुरु, पेड इन्टर्नसिपमा मासिक १५ हजार

‘हामी बनाउँछौँ, हाम्रो क्याम्पस’ अभियान सुरु, पेड इन्टर्नसिपमा मासिक १५ हजार

487
SHARES

काठमाडौँ : नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले ‘हामी बनाउँछौँ, हाम्रो क्याम्पस’ अभियान सुरु गरेको छ। विश्वविद्यालय र आङ्गिक क्याम्पसहरूलाई सौन्दर्यीकरण गर्ने अभियानको सङ्घका अध्यक्ष दुजाङ शेर्पाले सुरुवात गरे।

त्रिभुवन विश्वविद्यालयलाई तीन महिनादेखि अनुरोध गर्दा नजरअन्दाज गरे पछि विद्यार्थीको खाजा खर्च काटेर सङ्घले अभियान सुरु गरेको शेर्पाले बताए। ‘हामी भाषणमा भन्दा कर्म र काममा विश्वास गर्छौ। ब्रेन ड्रेनको समस्यालाई ब्रेन गेन गर्न चाहन्छौ,’शेर्पाले भने,’हिंसात्मक गतिविधि गर्दैनौ, तालाबन्दी गर्दैनौ भन्दाभन्दा पनि त्रिभुवन विश्वविद्यालयबाट नेविसंघको प्रस्तावलाई नजरअन्दाज गरिएको छ।’

नेविसंघ पाटन संयुक्त क्याम्पस इकाई पुनर्निर्माण अभियानमा सहभागी भएको छ। इकाईले शौचालय निर्माण गरेको छ भने जीर्ण अवस्थामा पुस्तकालयलाई व्यवस्थित बनाउने काम सुरु गरेको छ।

नेविसंघ अध्यक्ष शर्माले भूकम्प पीडितको राहतका लागि केन्द्रीय सदस्यहरूबाट ७ लाख १० हजार रुपैयाँ प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा गरेको स्मरण गर्दै हरेक क्याम्पसको नेविसंघ इकाई र केन्द्रीय सदस्यहरूबाट सहयोग सङ्कलन गरेर क्याम्पसहरूको सौन्दर्यीकरण गरिने जानकारी दिए। ‘हाम्रा क्याम्पसहरूको मार्केटिङ र ब्राण्डिङ हुन सकेको छैन,’उनले भने,’यो अभियानमा हातेमालो गर्न सबैलाई अपिल पनि गर्छु।’

नेविसंघले पेड इन्टर्नसिप अभियान पनि पाटन क्याम्पसबाटै सुरु गर्ने घोषणा गरे। विद्यार्थीहरूलाई देश भित्रै शिक्षा लिने वातावरण बनाउन क्याम्पसहरूको मार्केटिङ र ब्राण्डिङ जरुरी रहेको उनले बताए। ‘महिनाको १५ हजार रुपैयाँ दिने गरी विद्यार्थीलाई पेड इन्टर्नसिपमा जोड्ने अभियान पनि सुरु गर्दैछौ,’उनले भने,’पढाई नबिगारी विद्यार्थीलाई उद्यमशील बनाउने लक्ष्य राखेका छौँ।’

नेविसंघ पाटन इकाईका अध्यक्ष तारा शर्माले पहिलो चरणमा लाइब्रेरी व्यवस्थित बनाउने बताए। नेविसंघ केन्द्रले क्याम्पसको लाइब्रेरी व्यवस्थित बनाउन चासो लिएकाले काम गर्ने थप ऊर्जा प्राप्त भएको उनले बताए।

समाचार शेयर गर्नुहोस्
487
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.