कोशी सरकारमा काँग्रेस बल्ल सहभागी हुँदै, कार्कीले तोडे अनसन

कोशी सरकारमा काँग्रेस बल्ल सहभागी हुँदै, कार्कीले तोडे अनसन

काठमाडौं : कोशी प्रदेश सरकारमा बिहीबार नेपाली काँग्रेस सहभागी हुने भएको छ। बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले मन्त्रीहरूको नाम टुङ्ग्याएको काँग्रेस कोसी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए।

केन्द्रबाट नाम आउने बित्तिकै सरकारमा मन्त्रीहरूलाई सहभागी गराइने काँग्रेस प्रदेश संसदीय दलका नेता समेत रहेका थापाले बताए। हाल ९ सदस्यीय मन्त्रिपरिषद् १३ सदस्यीय बनाउने सहमति एमालेसँग भएको पनि उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसनबारे पनि आशङ्का व्यक्त गर्नुभएको थापाले बताए।

काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले पूर्वमुख्यमन्त्री कार्कीले व्यक्तिगत रूपमा अनसन सुरु गरे पनि अहिले आएर जानकारी दिए पछि सहमतिमा टुङ्गो लगाइएको बताए। बिहीबार बेलुकी कार्कीले अनसन तोडेका छन्। कार्कीले विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस खाइ अनशन तोडेका हुन्।

कोसी प्रदेशको नेतृत्व गरिरहेको नेकपा एमालेले भने कार्कीको अनशनलाई नौटङ्की भनेको थियो। प्रदेशसभा बैठकमा विशेष समय लिएर एमाले सांसद तिलचन पाठकले संसदीय मूल्य मान्यता विपरीत कार्की अनशनमा बसेको टिप्पणी गरे।

आफू सरकारमा हुँदा सुरु गरेका कतिपय आयोजनामा रकम कटौती गरेको र कतिपय कार्यक्रम हटाइएको भन्दै कार्कीले मङ्गलवार अपराह्न ४ बजेदेखि आमरण अनशन थालेका थिए।

निषेधित क्षेत्र प्रदेशसभाको भवन अगाडी अनशन बसेका कार्कीलाई बेलुकी ८ बजेतिर नियन्त्रणमा लिने क्रममा प्रहरी र कार्कीका कार्यकर्ताहरूबीच झडप भएको थियो। प्रहरीले पक्रेर घर पुर्‍याए पनि उनले अनसन जारी राखेका थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.