निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

183
SHARES

काठमाडौं : अराजक अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरू विरुद्ध प्रसाईँले अराजक अभिव्यक्ति दिँदै आएका थिए।

विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा प्रसाईँसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। काठमाडौं जिल्ला अदालतले प्रहरीको साइबर ब्युरोलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको श्रेस्तेदार रामुबाबु शर्माले जानकारी दिए।

प्रसाईँले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएका कारण प्रहरीको साइबर ब्युरोले पक्राउको अनुमति मागेको थियो। केही दिन अघि भएको एक सार्वजनिक कार्यक्रममा प्रसाईँले प्रधानमन्त्री ओली विरुद्ध आपत्ति जनक अभिव्यक्ति समेत दिएका थिए।

विभिन्न प्रकरणमा विवादास्पद सांसदहरूमाथि छानबिन गर्न भन्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ। रवि लामिछाने, धनराज गुरुङ, योगेश भट्टराई, शक्ति बस्नेत, डिपी अर्याल, ऋषिकेश पोखरेल र उपसभामुख इन्दिरा रानामाथि छानबिन गरी कारबाहीको माग गर्दै युवराज पौडेल सफलले मन्त्रालयमा उजुरी दर्ता गराएका हुन्।

लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध, राहदानी दुरुपयोग तथा ठगी सम्बन्धी, गुरुङमाथि रातो पासपोर्ट बिक्री तथा सहकारी ठगी, एमाले नेता भट्टराईमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा छानबिन गर्न माग गरिएको छ।

बस्नेत, अर्याल र पोखरेलमाथि सहकारी ठगी र उपसभामुख रानामाथि मानवतस्करी तथा मानव बेचबिखनको विषयमा छानबिन गरी कारबाही गर्न पौडेलले माग गरेका छन्।

समाचार शेयर गर्नुहोस्
183
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.