ग्लोबल आइएमई बैङ्कको कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैङ्कको कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

195
SHARES

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ।

बैङ्कको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूलाई लाभान्वित गर्ने गरी बैङ्कले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरूमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ। उक्त छुट योजना हरेक शनिवारका दिन मात्र लागू हुनेछ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न सङ्घ–संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।

बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

समाचार शेयर गर्नुहोस्
195
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.