ओली र मोदीबीच अमेरिका भेट हुने तय

ओली र मोदीबीच अमेरिका भेट हुने तय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अमेरिकामा भेटवार्ता गर्नु भएका छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका ओलीले आइतबार (भोली) मोदीसँग भेटवार्ता गर्ने तय भएको भ्रमण टोलीका एक सदस्यले पहिचानलाई जानकारी दिए।

ओली र मोदी दुई छुट्टाछट्टै कार्यक्रमका लागि अमेरिका पुगे पनि यही कार्यक्रमको छेको पारेर द्धिपक्षिय भेटवार्ता हुन लागेको ती सदस्यले बताए।

भारतीय प्रधानमन्त्री मोदी आफ्नो १० वर्षको कार्यकालमा ९ औँ पटक अमेरिका पुगेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मोदी शनिवार अमेरिकी राष्ट्रपति जो बाइडेनको आयोजनामा हुने क्वाड समिट बैठकमा सहभागी हुने कार्यक्रम छ।

क्वाड समिट यस वर्ष भारतमा आयोजना हुने भनिए पनि अमेरिकाको आग्रहमा बाइडेनलाई आयोजना गर्ने अवसर दिइएको हो। सन् २००४ को डिसेम्बर २६ मा आएको सुनामीका कारण जापान, इन्डोनेसिया, भारतलगायत १४ देशमा २ लाखभन्दा बढीको ज्यान गएको थियो। ५७ फिट अग्लो छालका कारण लाखौँ मानिसले ज्यान गुमाएपछि सन् २००७ मा भारत, अस्ट्रेलिया, अमेरिका र जापान मिलेर क्वाड गठन गरिएको थियो।

प्रधानमन्त्री ओलीले भने ’समिट अफ द फ्यूचर’ नामक सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। चौथो पटक प्रधानमन्त्री भएपछि ओलीले पहिलो पटक विदेशी भूमिमा मोदीसँग भेटवार्ता गर्न लागेका हुन्। कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारत र नेपालबिचको सम्बन्ध चिसिएको छ।

भेटवार्ताका क्रममा नेपाल र भारतबिचको सम्बन्धमा सुधार ल्याउन बल पुग्ने अनुमान छ। नयाँ संविधान जारी भएपछि भारतले नेपालमा लगाएको ‘अघोषित नाकाबन्दी’का क्रममा भारतविरुद्ध खरो रूपमा उत्रिएपछि प्रधानमन्त्री ओलीलाई भारतमा कतिपयले चीन पक्षधर नेताका रूपमा समेत प्रस्तुत गर्ने गरेका छन्।

तर प्रधानमन्त्री ओलीले भने त्यसलाई अस्वीकार गर्दै आफू ‘असल छिमेक सम्बन्ध’को पक्षमा रहेको बताउँदै आएका छन्।

यो पनि : प्रधानमन्त्री ओलीलाई राष्ट्रसङ्घ महासभामा स्वदेश फिर्तीको विषय उठाइदिन भुटानी शरणार्थीले गरे आग्रह

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.