निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दर्किँदो झरीले उथलपुथल, काठमाडौँमा ‘रेकर्ड ब्रेक’ वर्षा

दर्किँदो झरीले उथलपुथल, काठमाडौँमा ‘रेकर्ड ब्रेक’ वर्षा

275
SHARES

काठमाडौँ : दर्किँदो झरीले बिजोग बनाइदिएको छ। घरबाहिर निस्कन सकस परेको छ। घरभित्र बसेका समेत जोखिममा परेका छन्। पहिरोले घर बगाउँदा मानवीय क्षति भएको छ। बस्तुभाउ, अन्नपात बगाएको छ।

सशस्त्र प्रहरीका अनुसार दिउँसो १ बजेसम्म १९ जनाको मृत्यु भएको छ। ४२ जना बेपत्ता छन्। सिन्धुपाल्चोकमा बाढीले बगाएर २ जनाको मृत्यु भएको छ।

धादिङमा खोलाले बगाएर १ जना, पहिरोले काभ्रेमा ६ जना, ललितपुर र काठमाडौँ १/१ जना,भक्तपुरमा ३ जना, पाँचथरमा ३ र धनकुटामा २ जनाको मृत्यु भएको छ। १८५ वटा घरमा भौतिक क्षति भएको छ। सशस्त्र प्रहरीले १ हजार ७२ जनालाई सकुशल उद्धार गरेको जनाएको छ।

देशभरका अधिकांश स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आइतबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विशेष बुलेटिन विभागले असोज ९ गते जारी गरेको थियो। बिहीबार रातिदेखि पर्न थालेको पानी आइतबारसम्म नै नरोकिने अनुमान विभागले गरेको छ।

निरन्तरको वर्षाले बागमती, गण्डकी र लुम्बिनीमा हिट गरेको छ। काठमाडौँमा हालसम्मकै धेरै पानी परेको छ। यसअघि २१७ मिलिमिटर वर्षा रेकर्ड भएको काठमाडौँमा बितेको २४ घण्टामा रेकर्ड ब्रेक भएको छ। काठमाडौँमा २३९ं.७ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शुक्रवारदेखि शनिवार बिहान ८ः४५ सम्मको रेकर्ड अनुसार सिमरामा १७८.२, भैरहवामा २५६.६, पोखरामा १६९.१, घोराहीमा ९९.३ मिलिमिटर पानी परेको छ।

सबैभन्दा धेरै घोराहीको पूर्व र जनकपुरको पश्चिममा वर्षाले हिट गरेको विभागले जनाएको छ। महोत्तरीमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मधेसको महोत्तरीमा ६४ मिलिमिटर वर्षा मापन भएको छ।

वर्षाले खोला नदी गडगडाएका छन्। नदी तटीय क्षेत्रका घरमा बसोबास गर्ने डरले त्रसित बनेका छन्। कतिपय नदी तटीय क्षेत्रका घर टहरा डुबानमा परेका छन्। डुबान, बाढी, पहिरोले धनजनको क्षति गरिरहेको छ।

नदी तटीय क्षेत्रमा थप २० मिटर कायम गर्नुपर्ने सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगर्न अभियान चलाउनेहरूलाई यतिबेला छेउछाउका बस्तीमा देखिएको त्राहिमामले झड्का हानेको छ। वर्षाले उथलपुथल ल्याएको छ। ज्यानै जोखिममा पर्ने घरमा बसेकाहरूलाई यतिवेला सुरक्षित स्थानको खाँचो परेको छ।

समाचार शेयर गर्नुहोस्
275
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.