अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

193
SHARES

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ।

मुलुकको अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको साथै साबिकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको मञ्चले जनाएको छ।

साथै सो मञ्चका निवर्तमान अध्यक्ष समेत रहेका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गरेको विशिष्ट भूमिकाको कदरस्वरुप सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ।

मञ्चको वार्षिक साधारणसभाका अवसरमा शनिवार राजधानीमा आयोजित एक समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले ढकाललाई उक्त सम्मान प्रदान गरे।

कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतका विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

नेपाल हाल सङ्घीय शासन प्रणालीमा रूपान्तरित भए पनि साबिकको पश्चिमाञ्चल विकास क्षेत्रको विकास र प्रवर्धन हेतु स्थापित सो मञ्चले मुलुकको पश्चिमाञ्चल क्षेत्रमा जन्म भई राष्ट्रिय जीवनका उच्च पदमा पुग्न सफल व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
193
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.