निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ग्लोबल आइएमई बैङ्क र महालक्ष्मी विकास बैंकबीच सम्झौता,गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने

ग्लोबल आइएमई बैङ्क र महालक्ष्मी विकास बैंकबीच सम्झौता,गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने

220
SHARES

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत दीपेश लम्सालले हस्ताक्षर गरे।

सम्झौताअनुसार महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीतपत्र (लेटर अफक्रेडिट), बैङ्क ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधा महालक्ष्मी विकास बैङ्कको सिफारिसमा ग्लोबल आइएमई बैङ्क मार्फत उपभोग गर्न सक्नेछन्।

ग्लोबल आइएमई बैङ्क युरो मनीअर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो। साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैङ्क सम्मानित भएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

ग्लोबल आइएमई बैङ्क, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैङ्क हो,जसले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

यसैगरी ‘‘सबल बैङ्क, सफल सहकार्य’’भन्ने नाराका साथ वि.सं. २०५२ मा स्थापित महालक्ष्मी विकास बैङ्कले नेपालमा अग्रणी विकास बैङ्कको रूपमा आफ्नो परिचय बनाएको दाबी गरेको छ।
बैङ्कले देशभर रहेका आफ्ना १०३ वटा शाखा कार्यालय, ४९ एटिएमका साथ ८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
220
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.