लगानीका लागि पुँजीको कुनै समस्या हुँदैन : अध्यक्ष ढकाल

लगानीका लागि पुँजीको कुनै समस्या हुँदैन : अध्यक्ष ढकाल

189
SHARES

स्याङ्जा : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङ्जाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रुपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए। ‘जिल्ला जिल्लाका व्यवसायी साथीहरू लगानीका लागि अवसर खोजिरहनु भएको छ,’उनले भने,’त्यसलाई एकीकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन।’

अध्यक्ष ढकालले यतिबेला बैकमा निक्षेप पर्याप्त रहेको र ब्याजदर निकै घटेको बताउँदै यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने उल्लेख गरे।

उनले यो डेढ वर्षको अवधिमा लगानी प्रबद्र्धनका लागि देश भित्र र बाहिर आफूहरूले निरन्तर अभियान सञ्चालन गरेको जानकारी दिए। आफूहरूकै पहलमा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानुन संशोधन गरेको अध्यक्ष ढकालले बताए।

निजी क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको विषय, कर सम्बन्धी समस्या लगायतका विषयमा आफूहरू निरन्तर लागिरहेको जानकारी उनले गराए।

समाचार शेयर गर्नुहोस्
189
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.