निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ग्लोबल आइएमई बैङ्क र अस्ट्रियाको युनिभर्सिटी अफइन्ज्ब्रक BEEN बीच समझदारी

ग्लोबल आइएमई बैङ्क र अस्ट्रियाको युनिभर्सिटी अफइन्ज्ब्रक BEEN बीच समझदारी

129
SHARES

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क र अस्ट्रियाको युनिभर्सिटी अफइन्ज्ब्रकबीच स्विच एसिया ग्रान्ट प्रोग्रामअन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा Building Energy Efficiency in Nepal(BEEN)प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधि तथा अभ्यासहरू प्रवर्धनको लागि समझदारी भएको छ।

उक्त समझदारीमा बैङ्कका ग्रिन एन्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अस्ट्रियाको प्रतिनिधि तथा BEEN प्रोजेक्ट प्रमुख डा. ड्यानियलनेयरले हस्ताक्षर गरे।

ग्लोबल आइमई बैङ्कले दिगो आवास प्रवर्द्धन गर्न “ग्रीनहोम लोन”विशेष कर्जा योजना लागु गर्दै आएको छ। बैङ्कका अनुसार, यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्धन गर्न सहयोग पुर्‍याउनेछ।

आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको जनाएको छ।

ग्लोबल आइएमई बैङ्क युरो मनीअर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो। साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैङ्क सम्मानित भएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

ग्लोबल आइएमई बैङ्क, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैङ्क हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

समाचार शेयर गर्नुहोस्
129
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.