निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मुलुककै ठुलो सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैङ्कको कर्जा लगानी सम्झौता

मुलुककै ठुलो सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैङ्कको कर्जा लगानी सम्झौता

147
SHARES

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारी पत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरे। समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्ने छ।

साथै, उक्त अवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत् खरिदका साथै चनौटा स्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्नका निमित्त नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी दिए।

यस परियोजनामा संलग्न लगानीकर्ता समूहद्वारा विभिन्न ५ सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनाहरूमा समेत लगानी रहेको हुँदा यस समूह सौर्य ऊर्जा क्षेत्रमा नेपालकै अग्रणी समूह हो।

नेपालमा सञ्चालित सौर्य परियोजनाहरू मध्य उक्त परियोजना सौर्य ऊर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठुलो क्षमताको परियोजना हो।

बैङ्कले नवीकरणीय र हरित ऊर्जा उत्पादन, प्रसारण तथा वितरणमा आफ्नो लगानी प्रवर्धन गर्ने उद्देश्य अनुरूप सौर्य तथा जलविद्युतमा सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

समाचार शेयर गर्नुहोस्
147
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.