निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चितवनका २० जना तेस्रो लिङ्गी एचआइभी सङ्क्रमित

चितवनका २० जना तेस्रो लिङ्गी एचआइभी सङ्क्रमित

495
SHARES

चितवन : चितवनमा २० जना तेस्रो लिङ्गी एचआइभी सङ्क्रमित रहेको पाइएको छ। जिल्लामा हाल एक हजार दुई सय १३ सङ्क्रमितले एन्टी रेट्रो भाइरल औषधि सेवन गर्दै आएका छन्। उनीहरूमध्ये पाँच सय ९२ पुरुष, पाँच सय ६८ महिला, ३३ बालबालिका र २० जना तेस्रो लिङ्गी रहेका छन्।

सन् २०२४ मा जिल्लाका विभिन्न स्थानमा गरिएको एचआइभी परीक्षणमा ७५ जना नयाँ सङ्क्रमित भेटिएका छन्। यस वर्ष जिल्लामा नयाँ भेटिएका र बाहिरबाट स्थानान्तरण भएर आएका गरी एक सय ५१ नयाँ सङ्क्रमितले औषधि सुरु गरेका छन्।

एचआइभी सङ्क्रमितमा यौनरोग (भिरिङ्गी) र क्षयरोग देखिएको एड्स हेल्थ फाउन्डेसन बागमती प्रदेशले जनाएको छ। यस वर्षको जनवरीयता पाँच सय ४४ जना सङ्क्रमितको परीक्षणका क्रममा ४५ जनामा भिरिङ्गी रोगको सङ्क्रमण देखिएको हो। असुरक्षित यौन सम्पर्कका कारण सङ्क्रमितहरूमा भिरिङ्गी रोगको सङ्क्रमणसमेत देखिएको र सङ्क्रमित सबैले रोग नियन्त्रणका लागि औषधि सेवन गरिरहेका फाउन्डेसनले जनाएको छ।

परीक्षण गरिएकामध्ये १५ जनामा एचआइभी एड्ससँगै क्षयरोगसमेत देखिएको छ। क्षयरोग देखिनुमा मुख्य समस्या सङ्क्रमितहरूले मादक पदार्थ र धूम्रपानको सेवन अत्यधिक गर्नु रहेको फाउन्डेसनले बताएको छ।

समाचार शेयर गर्नुहोस्
495
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.