ग्लोबल आइएमई र आईसीआईसीआई बैङ्क क्यानाडाबीच बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी

ग्लोबल आइएमई र आईसीआईसीआई बैङ्क क्यानाडाबीच बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेड र आईसीआईसीआई बैङ्क क्यानडा बीच विभिन्न बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैङ्क क्यानडाका व्यवसाय प्रमुख हिमादर मडीपत्लाले हस्ताक्षर गरेका छन्।

यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानडा जाने विद्यार्थी, स्थायीरुपमा क्यानडा बसाई सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरुले आईसीआईसीआई बैङ्क क्यानडाको विभिन्न बैङ्किङ सेवा उपभोग गर्न तथा क्यानडाबाट नेपालमा रेमिट्यान्स पठाउन÷प्राप्त गर्न सहज हुने ग्लोबल आइएमई बैङ्कले जनाएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

ग्लोबल आइएमई बैङ्कलाई सबैका लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४७ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ। त्यसैगरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

आईसीआईसीआई बैङ्क क्यानडामा भारतको निजी क्षेत्रको अग्रणी बैङ्क आईसीआईसीआई बैङ्क लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो।

आईसीआईसीआई बैङ्क क्यानडाले क्यानडा बैङ्किङ ऐन अन्तर्गत त्यहाँका धेरैजसो राज्य र क्षेत्रहरूमा प्रत्यक्ष सेवा प्रदायकका रूपमा कारोबार गर्दै आइरहेको छ। थप जानकारीका लागि www.icicibank.ca मा हेर्न सकिन्छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.