निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

210
SHARES

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडको ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरूमा १५ प्रतिशत छुट पाइने भएको छ। बैङ्क र रिसोर्टबीच बैङ्कका ग्राहकहरूलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको छ।

उक्त समझदारीमा ग्लोबल आइएमई बैङ्कका प्रमुख बजार व्यवस्थापक दिलीप पोखरेल र दूषित थानी हिमालयन रिसोर्टको सेल्स मेनेजर सम्झना प्रसाईँले हस्ताक्षर गरे।

समझदारी अनुसार बैङ्कका ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरू खाना तथा पेय पदार्थ, देभराना स्पा, स्वीमिङ्ग पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोग बापत भुक्तानीको लागि बैङ्कको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग ए्याप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशत निश्चित छुट पाउनेछन्।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ।

ग्लोबल आइएमई बैङ्क युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो। साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैङ्क सम्मानित भएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

ग्लोबल आइएमई बैङ्क, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैङ्क हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

समाचार शेयर गर्नुहोस्
210
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.