साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल स्तब्ध

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल स्तब्ध

112
SHARES

काठमाडौं : घरेलु टोली नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार साँझ भएको खेलमा घरेलु टोलीलाई २–१ गोलले स्तब्ध पार्दै बङ्गलादेशले दोस्रो पटक उपाधि उचालेको हो।

बङ्गलादेशको जितमा मोनिका चक्मा र ऋतु चक्माले एक एक गोल गरिन्। नेपालका लागि अमिसा कार्कीले एक गोल गरिन्। नेपाल अहिलेसम्म ६ पटक फाइनल पुगे पनि उपाधिविहीन छ।

दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेले पनि दोस्रो हाफको सुरुवातमै बङ्गलादेशले नेपालविरुद्ध गोल गर्दै एक शून्यको अग्रता बनायो। त्यसको केही मिनेटपछि नेपाली अमिशा कार्कीले बराबरी गोल गर्दै खेलमा फर्कियो।

त्यसपछि पनि साबित्रा भण्डारीले गोल गर्ने मौका पाए पनि सदुपयोग भने गर्न सकिनन्। खेलको अन्त्यतिर पाएको कर्नरकिकमा बङ्गलादेशले जाली चुमाएको थियो। सन् २०२२ मा घरेलु मैदानमै भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ३–१ ले हराउँदै उपाधि उचालेको थियो।

महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल सुरु हुनु अघि नै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दर्शक खचाखच भरिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि फाइनल खेल हेर्न रङ्गशालामा पुगेका थिए।

समाचार शेयर गर्नुहोस्
112
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.