इलेक्ट्रिक तथा इलेकट्रोनिक्स सामाग्रीहरूको प्रदर्शनी, नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना

इलेक्ट्रिक तथा इलेकट्रोनिक्स सामाग्रीहरूको प्रदर्शनी, नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना

काठमाडौँ : इलेक्ट्रिक तथा इलेकट्रोनिक्स सामाग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी हुने भएको छ। नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ”फिन इलेक्ट्रो टेक २०२४“ कार्तिक २९ देखि मङ्सिर २ गतेसम्म काठमाडौँको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आयोजना हुने भएको हो।

विद्युत् तथा विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि बृहत् प्रदर्शनी हुन लागेको महासङ्घले जनाएको छ।

आम उपभोक्तालाई नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष ”प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम“ को नारा लिएर ”फिन इलेक्ट्रो टेक २०२४“ को आयोजना गर्न लागेको महासङ्घका अध्यक्ष एवं मेला संयोजक रेशम प्रसाद देवकोटाले जानकारी दिए।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेकट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्धन गर्नु मेलाको उद्देश्य रहेको उनले बताए। उद्योगी, व्यवसायी एवं उद्यमीहरू माझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरू प्रदर्शनी अवधि भरी सञ्चालन गरिने महासङ्घले जनाएको छ।

भारतको उद्योग र वाणिज्य मन्त्रालयको सहयोगमा भारतीय चेम्बर अफ कमर्सको सहयोगमा इन्डियन उद्योगी एवं व्यवसायीहरूले २८ स्टलहरू बुकिङ गरेका छन्। फिन इलेक्ट्रो टेक २०२४ मा हल भित्र र हल बाहिर गरी जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरू रहने छन्।

महासङ्घका अनुसार जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरू, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलिडी लाइटिङ्ग, इलेकट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ।

प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरूका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ।

प्रत्येक दुई वर्षमा आयोजना हुने इलेक्ट्रो टेकको ११ औँ संस्करणमा टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा. लि.) रहेको छ भने प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा. लि.) रहेको छ।

डायमन्ड स्पोन्सरमा अर्किड इलेक्ट्रिकल्स (अर्किड इलेक्ट्रिकल्स प्रा. लि.) र जानकी केबल (जानकी केबल इन्डस्ट्री प्रा. लि.) रहेका छन्। प्रदर्शनीको गोल्ड स्पोन्सरमा सि.एन एस. (प्राइम भेन्चर्स प्रा. लि.), लिशा एन्ड टिन्ज (वेलकम टेक्नोल प्रा. लि.), स्विफट गोल्ड (बबिता ट्रेडर्स) र के.इ.आई. जनता (जनता केबल इन्डस्ट्रिज प्रा. लि.) रहेका छन्।

अफिसिएल बैङ्कमा गरिमा विकास बैङ्क लिमिटेड र अफिसिएल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेका छन् भने अफिसिएल क्यारियरमा ग्लोबल कलश लजिस्टीक रहेको छ। फ्लोरिङ पार्टनर हेरिटेज कार्पेट रहेको छ भने कार्डस्पोन्सरमा केइआई वायर एवं केबल (केइआई उद्योग लिमिटेड, इन्डिया) रहेको छ। ग्लोबल एक्पोजीसनबाट व्यवस्थापन गरिएको यस प्रदर्शनीको अवलोकनका लागि मङ्गलवार देखि सुहुलिएत दरमा डिजिटल पेमेन्ट पार्टनरमा रहेको खल्ती एप मार्फत अग्रिम प्रवेश टिकट बुकिङ खुल्ला गर्न महासङ्घले जनाएको छ।

प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरणको पनि सहभागिता रहेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान), नेपाल ईञ्जिनियर्स एसोसिएसन, सौर्य ऊर्जा उत्पादक सङ्घ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एन्ड इन्जिनियरिङ फर्म, लघु जल विद्युत् उत्पादक सङ्घ नेपाल, सोसाइटी अफ इलेक्ट्रीकल ईञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामाग्री उत्पादक सङ्घ (निमा), नेपाल इलेक्ट्रीकल कन्ट्राक्टर एसोसिएसन र सोसाइटी अफ नेपलिज आर्किटेक्टस् लगायत सरोकारवाला संस्थाहरूको सहयोगी संस्थाको रूपमा यस आयोजनामा सहभागिता रहने छ।

स्वदेशी उत्पादन लगायत भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अस्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेकट्रोनिक्स सम्बन्धी उत्पादनहरू प्रदर्शनमा रहेको इलेक्ट्रो टेकको यस एघारौँ संस्करणमा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एन्ड एस, लिशा, टिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्ट, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहने छ।

प्रदर्शनीलाई सहभागीमूलक एवं सूचनामूलक बनाउनका लागि विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन हुने छन्। चार दिनसम्म चल्ने प्रदर्शनीमा देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रीकल इन्जिनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मी, नेपाल भरका विद्युतीय व्यवसायीहरू, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्वसाधारण गरी ५०,००० भन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने इलेक्ट्रो टेक २०२४, मूल आयोजक समितिका संयोजक एवं महासङ्घका अध्यक्ष रेशम प्रसाद देवकोटाले बताए।

कुराकानी सुन्न क्लिक गर्नुहोस् :

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.