निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कीर्तिपुरलाई उत्कृष्ट नगर बनाउने हनिको योजना

कीर्तिपुरलाई उत्कृष्ट नगर बनाउने हनिको योजना

160
SHARES

काठमाडौँ : ‘कसैलाई पनि नराम्रो बोल्दिन। नराम्रो गर्दिन। नाम नै प्रिय छ हनि। आफूले आफूलाई तेस्रोलिंगी भनेर चिनाउन पाउँदा गर्व लाग्छ। सरकार र समाजले कुनै काम नदिँदा दुख लाग्छ,’कीर्तिपुर नगरपालिकाको नगर प्रमुखकी उम्मेदवार दीपक महर्जन(हनि)ले भनिन्,’घरपरिवार, समाज र राज्यले धोका दिएकाले अधिकारका लागि अगाडी आएर कुरा गर्नु परेको छ।’

मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हनि नगर प्रमुखको उम्मेदवार बनेका छन्। राम्रो काम गर्नेलाई चिनेर भोट दिन उनले मतदातालाई अनुरोध गरेकी छन्।

घर परिवार, समाजदेखि राज्यले गर्ने व्यवहारमा परिवर्तन ल्याउन हनि सङ्घर्षरत छिन्। ‘के गल्ती थियो र? कुनै ग्रहबाट आएका होइनौ, कम्प्युटरले बनाएर धर्तीमा ल्याएको हो र?,’ मतदातालाई योजना सुनाउँदै गर्दा उनले प्रश्न पनि गरिन्।

उनले जनता समाजवादी पार्टी (जसपा) नेपाल, मायाको पहिचान नेपाल र सुनिलबाबु पन्तलाई धन्यवाद दिइन। सुनिलबाबु जस्ता १० जना मात्रै भए नेपाललाई नै स्वीजरल्याण्ड बनाउन सकिने हनि सुनाउँछिन्। ‘राम्रो काम गर्नेलाई चिनेर भोट दिनुपर्छ। दलित, महिला, सीमान्तकृतले समस्या भोगेका छन्। कोटा दिएको छैन,’उनले भनिन्,’हामी जस्ता अल्पसङ्ख्यकलाई विभेद गरिएको छ।’

कीर्तिपुरमा तेस्रोलिंगी उम्मेदवार आकर्षणको केन्द्र

‘निर्वाचन आयोगले उम्मेदवारी दर्तामा ५० प्रतिशत छुट दिनु राम्रो हो,’हनिले भनिन्। ‘उम्मेदवारी दर्ता गर्दा तेस्रोलिंगी महिला भनेको थिए। घरदैलोमा हुँदा फोन आयो। निकाल्न लागेको हो कि भनेर हतार हतार गए,’उनले भनिन्,’५० प्रतिशत छुट दिन बोलाएको रैछ, राम्रो हो। तर, ५० प्रतिशतको छुटले मात्र केही हुने वाला छैन। आरक्षण दिनु पर्‍यो।’

संविधानमा लेखिएको अधिकार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले उपभोग गर्न नपाएको बताइन। चुनाव प्रचारका क्रममा उनले कीर्तिपुरका धार्मिक,सांस्कृतिक, मठमन्दिरलाई संरक्षण गर्नुपर्ने बताइन।

‘पहिलेका नेताहरूले कीर्तिपुरको विकासलाई ध्यान दिएनन्। बाटोघाटोको समस्या छ। लडेर घाइते हुनुपर्ने अवस्था छ,’उनले भनिन्,’नगरको सेवालाई डिजिटलाइजेशन गर्ने योजना छ। भ्रष्टाचार अन्त्य हुन्छ। दिने पनि लिने पनि भ्रष्टाचारी हुन्, यो अन्त्य गर्ने योजना छ।’

समाचार शेयर गर्नुहोस्
160
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.