कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैङ्कको २० लाख सहयोग

कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैङ्कको २० लाख सहयोग

280
SHARES

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ।

ग्लोबल आइएमई बैङ्कको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख सङ्गीता सुवेदीलाई एक समारोहका बिच सहयोग हस्तान्तरण गर्नु भएको ग्लोबल आइएमई बैङ्कले जनाएको छ।

कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विद्युतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका वडा नं. ११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम सुरु भइरहेको कार्यवाहक नगर प्रमुख सुवेदीले बताइन।

साथै, बैङ्कका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले बैङ्कको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैङ्कले लिएको जानकारी दिइन।

बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरू छनौट गरी काम गरिरहेको छ।

ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको बेष्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो। साथै, ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ।

समाचार शेयर गर्नुहोस्
280
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.