ग्लोबल आइएमई बैङ्क सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

ग्लोबल आइएमई बैङ्क सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

552
SHARES

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैङ्कले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ।

काठमाडौँमा एक कार्यक्रममाझ ग्लोबल आइएमई बैङ्क र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भयो। बैङ्कको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गरे।

ग्लोबल आइएमई बैङ्कका डेपुटी सिइओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। ‘बैङ्कले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएको हो। बैङ्कले खेलकुदलाई अझ उचाइमा पुर्‍याउन आफ्नो दायित्व बुझेर यो सम्झौता गरी मुख्य प्रायोजन गरेको हो र यो सहकार्यका लागि उत्साहित छौँ,’उक्त कार्यक्रममा पोखरेलले भने।

शाहले रोयल्सको एनपिएल यात्रामा सहकार्य गर्ने उद्देश्यले ग्लोबल आइएमई बैङ्क जोडिनुभएकोमा बैङ्कलाई धन्यवाद व्यक्त गरे। ‘हाम्रो उपाधि जित्ने लक्ष्यमा ग्लोबल आइएमई बैङ्कको साथले थप बल पुगेको महसुस हामीले गरेका छौँ। आशा छ हामीले उपाधि जितेर थप खुसी दिनेछौँ,’शाहले भने।

क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मङ्सिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ। सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन्। सुदूरपश्चिमले मङ्सिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ।

सुदूरपश्चिमको टिममा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (युएई) रहेका छन्।

समाचार शेयर गर्नुहोस्
552
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.