अपाङ्गता भएका व्यक्तिहरूलाई सहज सेवा प्रदान गर्न महालक्ष्मी विकास बैङ्कले तोक्यो सम्पर्क व्यक्ति

अपाङ्गता भएका व्यक्तिहरूलाई सहज सेवा प्रदान गर्न महालक्ष्मी विकास बैङ्कले तोक्यो सम्पर्क व्यक्ति

168
SHARES

काठमाडौँ : महालक्ष्मी विकास बैङ्कले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज सेवा प्रदान गर्न दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रूपमा खटाएको जनाएको छ।

३३ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बैङ्कले अपाङ्गता भएका व्यक्तिहरूको बैंकिङ्ग कारोबारलाई थप सहजीकरण गर्ने बताएको छ। उपलब्ध स्रोत साधनहरूको अधिकतम प्रयोग गरी बैङ्कको दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखाको रूपमा विकास गर्न प्रयास गर्ने बैङ्कले जनाएको छ।

संयुक्त राष्ट्र सङ्घ तथा नेपाल सरकारले तय गरेको नारा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार”लाई आत्मसात् गर्दै बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता संरक्षण नेपाल सँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहिनहरुलाई सहयोग गर्ने उद्देश्य अनुरूप बैङ्कको केन्द्रीय कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रमकाबीच सेतो छडी लगायतका सामग्रीहरू समेत वितरण गरिएको महालक्ष्मी विकास बैङ्कले जनाएको छ।

यस किसिमका कार्यहरूबाट अपाङ्गता भएका व्यक्तिहरूको सहज जीवन यापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैङ्कले लिएको छ।

ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैङ्कको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ।

समाचार शेयर गर्नुहोस्
168
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.