निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रविलाई पर्सा लैजान पक्राउ पुर्जी जारी, कार्यकर्ताको उग्र प्रदर्शन

रविलाई पर्सा लैजान पक्राउ पुर्जी जारी, कार्यकर्ताको उग्र प्रदर्शन

268
SHARES

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जना विरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको अभियोगमा जिल्ला अदालतबाट लामिछाने र जोशीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी लिएको जनाएको छ।

लामिछाने सहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको अभियोगमाथि चितवनमा बयान दिइरहेका छन्। यसअघि कास्की, रुपन्देही र काठमाडौँमा पनि फरक फरक सहकारीको रकम अपचलनमा बयान लामिछानेले बयान दिएका छन्।

उनलाई अब चितवनपछि पर्सामा पनि बयान दिन लैजाने प्रहरीको तयारी छ। गत कार्तिक २ गते रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेले हरेक बयानमा सहकारीको रकम अपचलन नगरेको दाबी गर्दै आएका छन्। लामिछानेलाई जता लगिन्छ,उतै रास्वपाका कार्यकर्ताहरूले प्रदर्शन पनि जारी राखेका छन्।

चितवनमा बयान लिनेक्रममा रास्वपाका कार्यकर्ताहरूले उग्र प्रदर्शन गरेका छन्। जिल्ला प्रहरी कार्यालय अगाडि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्ताले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा प्रहरीसँग झडप समेत भएको छ।

झडपमा परेर ८ प्रहरी र १६ जना रास्वपा कार्यकर्ता घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेर ढुङ्गा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हानेको हो।

समाचार शेयर गर्नुहोस्
268
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.