निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ग्लोबल आइएमई बैङ्क १९ औँ वर्षमा, विशेष उपहार योजना सार्वजनिक

ग्लोबल आइएमई बैङ्क १९ औँ वर्षमा, विशेष उपहार योजना सार्वजनिक

187
SHARES

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैङ्कको फोनपे नेटवर्कमा आबद्ध भएका क्युआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरू सार्वजनिक गरेको छ।

ग्लोबल आइएमई बैङ्कले आफ्नो स्थापनाको १८औँ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा यो योजना पौष १८ गते बिहीबारदेखि माघ १८ शुक्रवारसम्म सञ्चालनमा ल्याएको छ।

यस उपहार योजनाअन्तर्गत ग्लोबल आइएमई बैङ्कमा आबद्ध भएका तर हाल सम्म कारोबार नगरेका मर्चेन्टहरुले यस योजनाअवधीमा रु. १८० वा सो भन्दा बढी रुपैयाँको भुक्तानी फोनपे क्युआर कोड मार्फत प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक रु. १८० क्यासब्याक प्राप्त गर्नेछन् र योजना अवधिभर क्युआर कोड मार्फत भुक्तानी लिने मर्चेन्टहरु मध्य प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन्। योजना अवधिभरमा ४ जना मर्चेन्टहरुले स्मार्टफोन जित्नेछन्।

साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधि भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन्।

ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको बेष्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो। साथै, ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

समाचार शेयर गर्नुहोस्
187
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.