नक्कली तेस्रोलिंगीलाई बजारमा माग्न पठाएर ‘ट्याक्स’ उठाउने धन्दा, व्यापारीले दिए मुद्दा दर्ता गर्ने चेतावनी (भिडियो)

नक्कली तेस्रोलिंगीलाई बजारमा माग्न पठाएर ‘ट्याक्स’ उठाउने धन्दा, व्यापारीले दिए मुद्दा दर्ता गर्ने चेतावनी (भिडियो)

एक जना जाने, १० जना ल्याउने गर्नुभयो। अहिले काठमाडौँ भरी छ्यापछ्याप्ती छन्। चार वटा ठाउँमा होटेल बुक गरेर बसेका छन्

काठमाडौँ : जमलदेखि टेकुसम्मका पसलमा धूप बालिदिएर आर्सीवाद लिँदै आएका छन् तेस्रोलिंगी सम्झना केसी (माता)। धादिङ निवासी उनी विगत १० वर्षदेखि आर्सीवादसँगै पाउने दक्षिणाले घर व्यवहार चलाइरहेका छन्।

व्यापार व्यवसायमा देखिएको मन्दीले उनको दैनिकी कष्टकर बन्दैछ। महिनाको हरेक सोमबार उनी पसलहरूमा गएर धूप बालिदिन्छन्। खुसीले जति दिन्छन्,त्यतिमा पुगेन भन्दिनन्। ‘आज छैन भोलि आउनु है’ पनि भन्छन् उनलाई। त्यसमा पनि उनले केही भन्दिनन्।

उनीसँग आफ्नो सम्पर्क नम्बर सहितको भिजिटिङ कार्ड पनि छ। हाल सम्पर्क गरेपछि जाने गरेका उनीसँग विगत १० वर्ष अघिको स्मरण ताजै छ। ‘उहाँले हामीलाई ठाउँ तोकिदिनु भएको थियो,उहाँले मनिटरिङ गर्नुहुन्थ्यो,’उनले भने,’अहिले हाम्रा साथीहरू भनौँ कि के भनौँ, उहाँहरूले झनै पीडा दुख दिएको अवस्था छ। चार वर्ष अघिसम्म कोही पनि थिएनन्। एकदम सहज वातावरण थियो।’

न्यूरोडको व्यापारिक कम्प्लेक्समा आर्सीवाद मागेर १४/१५ हजार रुपैयाँ उठ्थ्यो उनको। ‘हाम्रो भाषामा ममी भन्ने चलन छ। उहाँले कुन साइडमा जाने भनेर भन्नु भन्थ्यो। न्यूरोडका कम्प्लेक्समा जान छुट थियो। एक घण्टामा १४/१५ हजार रुपैयाँ उठ्थ्यो त्यो टाइममा,’उनले भने,’कहाँबाट आउनु भयो? उहाँहरू नेपाली भन्नुहुन्छ। आइडेन्टी केही छैन उहाँहरूको। त्यसमा छानबिन गर्नै पर्ने हो। सङ्घले गर्नुपर्ने हो। सङ्घले केही पनि नगरेको अवस्था छ अहिले।’

उनले धेरै पटक सङ्घको अध्यक्षलाई बजारमा विकृति आएको जानकारी गराए। भोलि सङ्घको बेइज्जत होला भनेर सुझाए। सङ्घको अध्यक्षले,’सबैले गरेर खाने हो। तिम्रो पनि काम त्यही हो।उनीहरूको पनि काम त्यही हो। हामीले भन्न मिल्दैन,’ भने जस्तो जवाफ दिए सम्झनालाई।

रञ्जनाको व्यापारीले त सम्झनालाई फोन गरेरै बोलाए। ‘मायाले ५० रुपैयाँ दिनु भएको रहेछ। ७/८ जनाले ताली पिट्दै जबरजस्ती गरेछन्,भिडियो पनि देखाउनु भएको थियो,’उनले भने,’७/८ जना जानु भएको रैछ। ताली पिट्दै गएर जबरजस्ती माग्ने, जबरजस्ती।’

सम्झना आमाबुबा नभएका ३ जना बालबालिकालाई पढाउँदै आएकी छन्। व्यापारीहरूले पनि पसलमा धूप बालिदिए बापत बच्चा पढाउन सहयोग गरिरहेका छन्।

तर, जसले नेपाली नागरिक दाबी गरिरहेका छन्,उनीहरूका कारण आफूहरूको बदनामी भएको उनी सुनाउँछन्। ‘उहाँहरूको कुनै आइडेन्टी छैन। भारतमा गए भने भारतीय नागरिक भन्ने,दुई वटा नागरिकता हुन्छ कि के हो?,’उनले भने,’अहिले यही कारण पहिले पाइरहेको सम्मान २ प्रतिशत मात्रै छ।’

व्यापारीहरूले बिहान ९/१० बजे नै माग्न पुग्न तेस्रोलिंगीहरुलाई भोलि आउनु भन्दै फर्काउने गरेका छन्। भोलि आउनु भन्दा व्यापारीहरूले रफ, नराम्रो शब्दहरू बोलेर, मुख छाडेर फरक्क सारी नै फर्काइदिएको अवस्था देखियो उनले सुनाए। ‘त्यहाँ मैले पनि भिडियो हेरे। हामी तिमीहरूको सङ्घको मान्छे चिन्छौ, यस्तो शब्द बोल्न तपाईँको सङ्घले पठाएको हो? कति पैसा खाएर तपाईँलाई पठाइरहेको छ सङ्घले भन्दा, हामीले तीन/तीन हजार रुपैयाँ तिर्नुपर्छ सङ्घलाई भनेछन्,’उनले भने,’ब्लु डायमन्डको महासङ्घ छ एजलीबीटीआई कम्युनिटीको। यसको वास्तविकता त थाहा छैन, तर, महासङ्घ छ यसको।’

सम्झनाले ब्लु डायमन्ड सोसाइटी र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपाललाई सङ्घ भन्ने गरेको सुनाइन। काठमाडौँमा मात्रै हरेक व्यक्ति ३ हजार रुपैयाँ लिएर माग्न पठाउने गरेको उनले उल्लेख गरे।

माग्न पठाउने नाइकेको नाम भने उनले गोप्य राखे। ‘पर व्यक्ति महिनाको ३ हजार रुपैयाँ तिर्नुपर्छ’ भन्नेहरू अहिले झन्डै चार सय जना आएको अवस्था छ।

उनीहरू कलङ्की, बालाजु, चाबहिल, गौशाला, कोटेश्वरमा होटेलका कोठा बुक गरेर बसेको उनले पत्ता लगाए। ‘कलङ्कीको एउटा होटेलमा लगभग ३०/४० जना रहेको उनले बताइन। बालाजुमा ५०/६० जना छन्। चाबहिल, गौशालामा हुनुहुन्छ। कोटेश्वरमा पनि होटेल नै बुक गरेको भन्ने कुरा आइरहेको छ,’उनले भने,’एक चोटि भेट पनि गरेँ। यसरी नगरिदिनुहोला भनेर अनुरोध पनि गरे। आज भन्दा १०/१५ वर्ष अगाडी कहाँ जानु भएको थियो? अहिले तपाईँहरू बजारमा छ्यापछ्याप्ती हुनुहुन्छ भन्दा एक जना मान्छेले परिचालन गरेको अवस्था देखियो त्यहाँ।’

बजारमा मान्छे पठाए बापत एक हजार लिने गरेको व्यक्ति पनि आफूले चिनेको दाबी गरे उनले। ‘६०/७० जना मान्छे बजारमा पठाउने। दैनिक एक हजार रुपैयाँ लिने। सुगर, प्रेसरले थलिएका ती व्यक्ति विरुद्ध अहिले एक्सनमा गइन,’उनले भने,’मुद्दा पनि हाल्ने तयारीमा थिए।’

उनले बजारमा सक्कली भन्दा पनि नक्कली तेस्रोलिंगी आएको अवस्था सुनाए। ‘रत्नपार्कमा ज्यामी काम गरेर हिड्नेहरु अहिले केटीको लुगा लगाएर हिँडेका छन्। पशुपतिका मगन्ते, स्वयम्भूमा जबरजस्ती खुट्टा तान्ने बच्चाका बाउँहरू पनि आएको देखियो त्यहाँ,’उनले भने, ‘धेरै कुरा बुझ्दा अहिले सङ्घको एकदमै बदनाम। ब्लु डायमन्डले यस्तो कुराहरूमा रोकटोक गर्नुपर्ने।’

यसले विकृति निम्त्याएको उनको भनाई छ। ‘बाटोमा बस्ने मान्छेलाई जबरजस्ती तान्ने। ५० रुपैयाँ १०० रुपैयाँ दिँदा हुँदैन ५०० रुपैयाँ चाहिन्छ,सङ्घलाई हामीले ट्याक्स तिरिरहेका छौँ भन्ने कुरा गर्नु भएको छ। कुन सङ्घलाई तिर्नु भएको हो उहाँले प्रस्ट बोल्नु भएको छैन,’उनले भने,’ब्लु डायमन्ड सोसाइटीले यस्ता व्यक्तिहरूलाई सडकमा पठाएको भन्ने कुरा आइरहेका छन्, त्यो हो होइन, उहाँहरूलाई थाहा होला। अहिले सक्कली भन्दा नक्कलीले गर्दा यिनीहरू केटैहरु हुन्, छोरा मान्छे हो, काम गर्नाको अल्छीले मागी खाने रोजीरोटी गरेको भन्ने अवस्था छ।’

यो पनि : समुदायलाई झुलाउन अब्बल ब्लु डायमन्डमा अध्यक्ष परिवर्तनको नाटक

उनले तेस्रोलिंगीको भेषमा चोरी गर्नेहरू समेत रहेको बताए। चौकीमा परेर धरौटी बुझाएपछि रिहा पनि भएका छन्। टेकुमा पनि एक जना बच्चाकाण्डमा पक्राउ परे। ‘त्यो पनि इन्डियन नै हो। तपाईँहरूलाई कसले पठाएको भन्दा सङ्घकै कुरा आइरहेको छ। इन्डियामा लिङ्ग छेदन गर्नै पर्छ। हिजडा बन्नलाई। यिनीहरू डुप्लिकेट हुन्,’उनले भने,’कतिपय ठाउँमा त मेरै नाम लिएको पनि सुनियो। तर, म कसैलाई चिन्दिन। पुरै काठमाडौँ भ्याली क्याप्चर नै छ अहिले।’

माग्नलाई उनीहरूका लागि औँसी पूर्णे चाहिँदैन। जागिर जस्तो बनाएका छन् उनीहरूले। ‘दिनकै बजारमा जाऊँ, पैसा उठाएर ल्याऊ भने जस्तो भान दिइरहनु भएको छ। जो राम्रो होइन,’उनले भने,’तेस्रोलिंगी हो भन्दैमा साहुहरूसँग दिनकै माग्न जाने होइन, सक्कली होइन, नक्कली हुन, सङ्घले पठाएको हो भन्ने भान छ। सङ्घले पठाएको छैन भनेर प्रतिवाद गरिरहेको छु।’

उनका अनुसार उनीहरू पक्राउ पर्दा छुटाउन भने सङ्घ (ब्लु डायमन्ड सोसाइटी)का मान्छे गइरहेका छन्। बालाजु, जनसेवा, कालीमाटी, कोटेश्वर र गौशाला चौकीमा थुनिएको थियो उनीहरूलाई। ‘६०/७० जनालाई समातिएको थियो। तिहार अगाडीको मात्रै कुरा हो यो,’उनले भने,’सङ्घका मान्छेहरू गएर यी हाम्रै सङ्घका मानिसहरू हुन्। उहाँहरू मागेर खाने कम्युनिटी हो। अबदेखि हिँड्दैनन्। उहाँहरू जानुहुन्छ, तराईबाट आउनु भएको, तराई नै जानु हुन्छ भनेर उहाँहरूलाई निकालेको अवस्था देखियो।’

व्यापारीहरूले माग्न पठाएर हैरानी दिए ब्लु डायमन्ड सोसाइटीविरुद्ध नै मुद्दा दर्ता गर्ने चेतावनी समेत दिएका छन्। ‘यो त सरकारलाई भन्नु पर्‍यो, हामीलाई किन दुख दिएको भन्ने कुरा बजारमा आइरहेको छ। कि तपाई गएर जनसेवामा मुद्दा हाल्नुहोस्, होइन भने तपाईँको सङ्घ विरुद्ध मुद्दा हाल्छौँ,’उनले भने,’यो परिचालन गर्ने कुनै व्यक्ति छ, त्यसको जरोसम्म हामी पुग्नुपर्छ।’

कर तिरेर बजारमा आएको जवाफ उनीहरूबाट पाएको उनले सुनाए। ‘हामीले पैसा तिरेका छौ, ट्याक्स तिरेका छौँ। त्यही भएर हामी बजारमा आएको भन्ने मान्छेहरू छन्,’उनले भने,’छानबिन गर्नुपर्छ। किनकि अझै उहाँ उच्चओहोदामा हुनुहुन्छ।’

उनले बजारमा विकृति, विसङ्गति देखिएको भन्दै नियन्त्रण गर्न नेपाल प्रहरी र महानगर प्रहरीसँग माग गरे। ‘प्रहरीले, नगरपालिकाले नियन्त्रण गरे राम्रो हुन्थ्यो भन्ने आशय हो। राज्यको नियम कानुन मान्नु पर्छ,’उनले भने,’यिनीहरू कहाँबाट आए? बिगबिगी छ अहिले। ब्लु डायमन्डका मान्छेहरू तेस्रोलिंगी हुन् भनिरहेका छन्। यसको नाइके छ भन्ने सुनेको छु।’

उनले नाइकेसँग बजारमा तथानाम भन्नेहरूले तस्बिर खिचेको देखेको सुनाए। ‘फोटो खिचेको पनि देखेको छु। सङ्घमा निवेदन पेस गरेर जानकारी दिएको छु। कहाँबाट आएको हो? दिनको १०/१२ हजार हुन्छ भनेर मान्छे बोलाएको पनि देखियो,’उनले भने,’यस्ता कुरा सार्वजनिक गर्दा चित्त दुख्ला। दुख लाग्दो कुरा हो यो।’

उनीहरू चार वर्ष अघि गाईजात्राको समयमा काठमाडौँ आएको सम्झना बताउँछन्। उनीहरूलाई जुन ठाउँबाट आएका हुन्,त्यही ठाउँमा फर्काउन उनले सुरक्षा निकायसँग माग गरे। ‘एक जना जाने, १० जना ल्याउने गर्नुभयो। अहिले काठमाडौँ भरी छ्यापछ्याप्ती छन्। चार वटा ठाउँमा होटेल बुक गरेर बसेका छन्,’उनले भने,’त्यस्तो कन्ट्रोल गरोस्। उहाँहरूलाई कुन ठाउँबाट आउनु भएको, त्यही ठाउँमा जाने वातावरण मिलाइदिओस् भन्ने सुरक्षा निकायसँग माग गर्दछु।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.