"/>

पूर्वराजा ज्ञानेन्द्रको नजरमा पूर्ण प्रजातन्त्र आम नेपालीको सपनामा सीमित (भिडियो)

पूर्वराजा ज्ञानेन्द्रको नजरमा पूर्ण प्रजातन्त्र आम नेपालीको सपनामा सीमित (भिडियो)

345
SHARES

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्ण प्रजातन्त्र आम नेपालीको सपनामा सीमित रहेको बताएका छन्। पृथ्वी जयन्तीका अवसरमा भिडियो शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले आत्मसमिक्षा गर्ने बेला आएको समेत भनेका छन्।

उनले सुनको कमण्डलु थापेर अरूसँग भिख मागेर आफ्नो स्रोतको दुरुपयोग भइरहेको उनले उल्लेख गरेका छन्। पूर्वराजा शाहले दलहरूको दलदलप्रति असन्तुष्टि जनाए। उनले नेपाललाई रणमैदान बनाउन दिन नहुने बताए।

यस पटकको सन्देशमा पूर्वराजा शाहले ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भनेका छैनन्। ‘जय नेपाल’बाट उनले शुभकामना सन्देश टुङ्ग्याएका छन्। यसअघिका हरेक सम्बोधनको अन्त्यमा पूर्वराजा शाहले,’श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्,’भन्थे।

भिडियो शुभकामना सन्देश

समाचार शेयर गर्नुहोस्
345
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.