छिटो पैसा कमाउने लोभले सुनखानीमा पसेका १०० जनाको मृत्यु

छिटो पैसा कमाउने लोभले सुनखानीमा पसेका १०० जनाको मृत्यु

384
SHARES

एजेन्सी : दक्षिण अफ्रिकामा सुन खोज्न गएका एक सय जनाको मृत्यु भएको छ। सुन खोज्नका लागि अवैध सुनखानी भित्र छिरेका ४ सय मध्ये १ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सुन खोज्न खानी भित्र छिरेर खन्ने क्रममा दुई महिनासम्म खानीभित्रै फसेका उनीहरूको भोक र तिर्खाका कारण मृत्यु भएको हो।

खानी भित्र कामदार फसेको सूचनापछि उद्धार कार्यका लागि विशेष खानी उद्धार टोली घटनास्थलमा खटाइएको छ। उद्धार टोलीले अहिलेसम्म खानीभित्रबाट १३ वटा शव बाहिर निकालेको छ।

धेरै मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। दक्षिण अफ्रिकी पत्रिका सन्डे टाइम्सका अनुसार उद्धार टोलीले एउटा पिँजडा तयार पारेको छ। जसलाई खानीमा ३ किलोमिटर तल झारिएको छ।

यस पिँजडाको मद्दतले बाँचेकाहरूलाई बाहिर निकाल्ने काम भइरहेको छ। फसेका सबैलाई उद्धार गर्न कम्तीमा १६ दिन लाग्ने दक्षिण अफ्रिकाको प्रहरीले जनाएको छ।

दक्षिण अफ्रिकामा चरम गरिबी र बेरोजगारका कारण छिटो पैसा कमाउने लोभमा मानिसहरू अवैध रूपमा खानीमा जाने गरेका छन्। जहाँ ६ हजार १ सय सुनखानीहरू बन्द छन्। जसमध्ये २२ सय उच्च जोखिममा रहेका छन्।

राम्ररी बन्द हुन नसकेका कारण उत्खनन सहज भएकाले मानिसहरू त्यहाँ पुग्ने गरेका छन्। विश्व बजारमा सुनको भाउ उच्च भएकाले पनि अवैध उत्खननलाई प्रोत्साहन मिलेको छ।

खानीहरूमा काम गर्ने कामदारहरूसँग सम्बन्धित सामाजिक संस्था माइनिङ अफ्फेक्टेड कम्युनिटीज युनाइटेड इन एक्सनका अनुसार प्रहरीले गत वर्ष नोभेम्बरमा अवैध खानी विरुद्ध कारबाही सुरु गरेको थियो।

प्रहरीले यस खानीलाई सिल गर्ने प्रयास स्वरूप कामदारहरूलाई बाहिर निस्कन भने पनि पक्राउ पर्ने डरले उनीहरू खानीबाट बाहिर निस्कन मानेका थिएनन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.