निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सत्ता पक्षले नै माग्यो सभापति पोखरेलको राजीनामा, एमाले एक्लो

सत्ता पक्षले नै माग्यो सभापति पोखरेलको राजीनामा, एमाले एक्लो

144
SHARES

काठमाडौं : सत्ता साझेदार दल नेपाली काँग्रेसले नै राजीनामा माग गरेपछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल अप्ठ्यारोमा परेका छन्।

समितिको लामो समय स्थगित गरिएको बैठक मङ्गलवार बसेसँगै सत्तापक्षकै सांसद र प्रतिपक्षी सांसदहरूले पोखरेलको राजीनामा मागेर एमालेलाई एक्लै पारेका हुन्।

सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले समिति सभापति प्रतिपक्षले पाउने परम्परा र उनीमाथि विभिन्न प्रश्न उठेकाले नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्ने बताए।

काँग्रेसका सांसद अर्जुननरसिंह केसीले परम्परा र विश्वव्यापी प्रचलनअनुसार लेखा समिति सभापति प्रतिपक्षलाई दिनुपर्ने भएकोले सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने माग गरे।

माओवादी सांसद जनार्दन शर्माले सार्वजनिक लेख समितिले सरकारको छाया बनेर काम गर्ने हो भनेर प्रश्न गरे।

अर्का माओवादी सांसद अमनलाल मोदीले सभापतिको बारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरे।

एमाले सांसद तारा लामाले भने खाली सभापतिको विषय उठाएर किचलो भइरहेको तर्क गरे।

लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ। समितिले काँग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय उजुरी अध्ययन समिति गठन गरेको हो।

समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाँण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य छन्। लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन्।

सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय पनि गरेको छ।

मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधवार बिहान ११ बजेका लागि बोलाउने सभापति पोखरेलले बताए।

समाचार शेयर गर्नुहोस्
144
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.