निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

स्वास्थ्य परीक्षणबाट उत्तीर्ण नेपाली श्रमिक एकैपटक इजरायल जान नपाउने

स्वास्थ्य परीक्षणबाट उत्तीर्ण नेपाली श्रमिक एकैपटक इजरायल जान नपाउने

255
SHARES

काठमाडौं : नेपालबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा केयरगिभर पठाउने तयारी अन्तिम चरणमा पुगेको छ।

इजरायलले पहिलो चरणमा १ हजार कामदार लैजाने बताए पनि स्वास्थ्य परीक्षणबाट उत्तीर्ण भएका ९ सय २२ जना केयरगिभर मात्र इजरायल जान पाउने भएका छन्।

पहिलो चरणमा इजरायल जाने कामदारको अहिले अभिमुखीकरण तालिम भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।

माघ १० गतेदेखि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटी ललितपुरमा अभिमुखी करण तालिम सुरु भएको हो।

स्वास्थ्य परीक्षण भएको ३ महिनाभित्र पठाउने गरी इजरायल सरकारलाई आग्रह गरिएको विभागका इजरायल शाखा सम्पर्क अधिकृत धनञ्जय झाले जानकारी दिए।

इजरायलले नेपालबाट केयरगिभरमा २१ सय १२ जना कामदार लैजाने बताएको छ। पहिलो चरणमा कामदार पठाइसकेपछि बाँकी रहेका कामदार पठाउने सरकारको तयारी छ।

इजरायलले गत असोजमा नै गोलाप्रथाबाट इजरायल जाने श्रमिकको नाम छनोट गरेको थियो। तर इजरायल र हिजबुल्लाहबीचको लडाइँले थप तनाव बढेपछि सरकारले तत्कालको लागि इजरायल पठाउने प्रक्रिया स्थगित गरेको थियो।

थप क्षेत्रमा पनि नेपालीलाई अवसर प्रदान गरिदिन आग्रह गर्दै श्रम मन्त्रालयले राजदूत मार्फत कुरा अघि बढाएको इजरायल शाखा सम्पर्क अधिकृत झाले सुनाए।

समाचार शेयर गर्नुहोस्
255
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.