निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महिला बन्न हर्मोन खाँदा प्यारालाइसिस

महिला बन्न हर्मोन खाँदा प्यारालाइसिस

581
SHARES

काठमाडौँ : तेस्रोलिंगी महिला नैना प्यारालाइसिस भएर थला परेकी छन्। शरीरको बायाँ भाग नचल्दा उनको सहारा ह्विलचियर बनेको छ।

नाच्ने, गाउने विगत सम्झेर उनी रुन बाध्य छिन्। ४७ वर्षकी भइन उनी। नौ महिनादेखि प्यारालाइसिस भएर थला परेकी उनी पहिलेकै अवस्थामा फर्कन उपचार गराइरहेकी छन्।

लहैलहैमा हर्मोन सेवन गर्दा जटिल स्वास्थ्य समस्या भोग्न बाध्य बनेको सुनाउँछिन् उनी। उनलाई महिला देखिन हर्मोन खानु पर्ने सल्लाह दिए साथीहरूले। चिकित्सकको सल्लाह बिना उनले ‘सुनौलो गुलाफ’नामक हर्मोन खाने गरेको निलम पौडेलले सञ्चालन गरेको युट्युब च्यानलमा अन्तर्वार्ता दिएकी छन्।

घरको काम गरेर जीविकोपार्जन गर्दै आएकी उनी नाचगान रमाइलो पनि गर्थिन। तर, अहिले उनी कसैले बोलाउँदा पनि जान नसक्ने अवस्थामा छिन्। सहारा बिना सुत्न र उठ्न सक्दिनन् उनी। उनले उपचारका लागि सहयोगको याचना पनि गरेकी छन्।

राम्री देखिन हर्मोन सेवन गरेका विपिनको कलिलै उमेरमा निधन

स्थायी घर धरानबाट परिवार बोलाउन आएका उनी बताउँछिन्। उनलाई दैनिक रेखदेख पार्टनरले गर्दै आएका छन्। बिहान बेलुकाको छाक टार्न पार्टनर काम गर्छन्। ‘पहिला मै काम गर्थे,अहिले सक्दिन,’उनले भनिन्,’पार्टनर काम गर्न जानुहुन्छ।’

उनलाई अहिले उपचारका लागि सहयोगको आवश्यकता छ। उमेर हुँदा सबैको हाइहाइमा रहेकी नैनालाई अहिले वास्ता नगर्दा दुख लागेको छ। तिज कार्यक्रममा बोलाएर नाच्न लगाउनेहरूबाट टाढा छिन नैना। जथाभाबी हर्मोन खाँदा आफ्नो यो अवस्था भएको बताउँदै उनी हर्मोन नखान अनुरोध गर्छिन्।

यस्ता खतरनाक अभ्यासहरू व्यापक रूपमा फैलिएका छन्। धेरैले जटिल स्वास्थ्य समस्याहरू भोगिरहेका छन्। लिङ्ग परिवर्तन गरेर महिला बन्नेहरूले हर्मोन खाने गरेका समाचार यसअघि नै सार्वजनिक भएका छन्।

स्वास्थ्यमा जटिल समस्या निम्त्याउने हर्मोनको जथाभाबी विक्री वितरण रोक्न संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले नेपाल सरकारसँग माग गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित सरकारी निकायहरूको पन्तले ध्यानाकर्षण पनि गराएका छन्।

क्रिष्टिनाको ३१ वर्षकै उमेरमा निधन, परिवार पीडामा

समाचार शेयर गर्नुहोस्
581
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.