एजेन्सी : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट अमेरिका बाहिरिएपछि विश्वभर सञ्चालित स्वास्थ्य आपत्कालीन कार्यक्रमहरू खतरामा परेका छन्।
डब्ल्यूएचओको बैठकमा प्रस्तुत गरिएको एक दस्ताबेजले अमेरिका पुनः डब्लुएचओमा सामेल नभए मध्य पूर्व, युक्रेन र सुडानमा सञ्चालित धेरै पोलियो र एचआइभी कार्यक्रमहरू बन्द हुने सक्ने उल्लेख गरिएको छ।
स्वास्थ्य आपत्कालीन कार्यक्रमहरूको लागि डब्लुएचओ अमेरिकामा निर्भर देखिएको छ। डब्लुएचओको आपत्कालीन कार्यक्रम कोषको लगभग ४० प्रतिशत सहयोग अमेरिकाबाट आउने गरेको छ।
राष्ट्रपतिको शपथ लिएपछि डोनाल्ड ट्रम्पले (डब्ल्यूएचओ)बाट अमेरिका अलग्गिएको घोषणा गरेका छन्। डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले ट्रम्पलाई फेरि डब्ल्यूएचओमा सामेल हुनका लागि दबाब बढाउन सदस्य देशहरूलाई अपिल गरेका छन्।
डब्ल्यूएचओको बजेट बैठकमा अमेरिकाको बहिर्गमनले उत्पन्न कोष सङ्कटलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि छलफल भएको छ। अमेरिका डब्लुएचओको सबैभन्दा ठुलो दाता हो।
ट्रम्पले कोरोना सङ्कटलाई डब्लुएचओले राम्रोसँग सम्हाल्न नसकेको भन्दै आलोचना गर्दै आएका छन्।
विश्व स्वास्थ्य सङ्गठनका विश्वभर १५० भन्दा बढी कार्यालयहरू छन्। उक्त कार्यालयहरूमा ७ हजार जना कार्यरत रहेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.