निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कीर्तिपुरमा मञ्चन हुँदै ‘हाम्रो नसुनिएको आवाज’

कीर्तिपुरमा मञ्चन हुँदै ‘हाम्रो नसुनिएको आवाज’

319
SHARES

कीर्तिपुर : समर्पण सभ्य समाज नेपालले ‘हाम्रो नसुनिएको आवाज’ सडक नाटक मञ्चन गर्ने भएको छ। कीर्तिपुर नगरपालिकाको सहयोगमा सडक नाटक ‘हाम्रो नसुनिएको आवाज’ मञ्चन गर्न लागिएको समर्पण सभ्य समाज नेपालले जनाएको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको लागि रोजगारीको समस्या, कार्यस्थलमा हुने शारीरिक मानसिक हिंसा, बाध्यतावश देहव्यापारमा लाग्नु परेको अवस्था र समाजले हेर्ने दृष्टिकोण समेटिएको नाटकका निर्देशक सम्झना केसी छिन्।

निर्देशक केसीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकलाई नाटक मञ्चन अघि पूर्वाभ्यास गराइरहेको जानकारी दिएकी छन्। नाटकमा १५ जना समुदायका सदस्य कलाकार रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनी महर्जनले बताए।

सचिव महर्जनका अनुसार नाटक १५ मिनेट अवधिको हुनेछ। नाटकको बिचमा नृत्य पनि प्रस्तुत हुने उनले बताए। कीर्तिपुर नगरपालिका गेट नजिकै नाटक मञ्चन गर्ने तयारी रहेको सचिव महर्जनले बताए।

उनले नाटक सन्देशमूलक र मार्मिक हुने सुनाए। नाटक हेर्नका लागि कीर्तिपुर आइदिन उनले सबैलाई अनुरोध पनि गरे।

समर्पण सभ्य समाजले यसअघि पनि बालबालिकाको विद्यालय शिक्षामा भएको विभेद, अभिभावकमा पर्ने मानसिक तनाव, जबरजस्ती विवाहका लागि दिने दबाब अन्त्य गर्ने सन्देशमूलक नाटक मञ्चन गरेको थियो।

समाचार शेयर गर्नुहोस्
319
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.