अमेरिकामा अवैध आप्रवासीले हिरासत केन्द्र भरिए, खाना र सुत्न समस्या

अमेरिकामा अवैध आप्रवासीले हिरासत केन्द्र भरिए, खाना र सुत्न समस्या

400
SHARES

एजेन्सी : डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकामा दैनिक १ हजार दुई सय अवैध आप्रवासी पक्राउ परिरहेका छन्।

अवैध आप्रवासीहरू विरुद्धको कारबाहीलाई तीव्रता दिने क्रममा अहिले अमेरिकी हिरासत केन्द्रहरू पक्राउ परेका आप्रवासीहरूले भरिएका छन्। हिरासत केन्द्रहरू नै भरिभराउ भएपछि ठाउँको अभावमा उनीहरूलाई जेलमा समेत राख्न थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

लस एन्जलस, मियामी, एटलान्टा र क्यान्सस लगायत नौ सङ्घीय जेलहरूमा अन्य खतरनाक अपराधीहरूसँगै अवैध आप्रवासीहरूलाई राखिएको छ। राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीहरूको पहिचान गर्न र पक्राउ गर्न आदेश दिए लगत्तै गठित प्रहरी कार्यदलले सडकबाट समेत मानिसहरूलाई पक्राउ गर्न थालेको छ।

अमेरिकन सिभिल लिबर्टीज युनियनका अनुसार जेलहरूको अवस्था भयावह छ। अवैध आप्रवासीहरूलाई समयमै खाना नदिने तथा दिइहालेमा बासी र गन्हाउने दिने गरिएको छ। अवैध आप्रवासीहरू चिसो भुईँमा सुत्न बाध्य छन्।

उनीहरूलाई जेलको सबैभन्दा जीर्ण कोठामा कोचिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको दाबी छ। दिनभरि आधा घण्टाको लागि मात्र अवैध आप्रवासीहरूलाई कोठरीबाट बाहिर निकालिने गरेको छ। ट्रम्पले पहिलो चरणमा १० लाख आप्रवासीलाई पक्राउ गर्ने योजना बनाएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.