अब नेपाल एयरलाइन्सको टिकटबाट जापान एयरलाइन्सको नेटवर्क मार्फत संसारभर यात्रा गर्न सकिने

अब नेपाल एयरलाइन्सको टिकटबाट जापान एयरलाइन्सको नेटवर्क मार्फत संसारभर यात्रा गर्न सकिने

848
SHARES

काठमाडौँ : नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र जापानको राष्ट्रिय ध्वजावाहक जापान एयरलाइन्सबीच व्यापार विस्तारको लागि द्विपक्षीय आपसी सम्झौता Interline Partnership Agreement भएको छ।

जस अनुसार नेपाल वायुसेवा निगमको सिधा उडान मार्फत जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म निगमको जहाजमा र त्यसपछिको छोटो तथा छिटो कनेक्टिङ फ्लाइट मार्फत अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्न सहज हुने निगमले जनाएको छ।

यो सम्झौता अनुसार नेपाल वायुसेवा निगमको टिकटबाट जापान एयरलाइन्स Connecting Flight मार्फत विश्वभरिको अन्तिम गन्तव्य सम्मको लागि यात्रु तथा व्यागेज चेक–इन सुविधा प्राप्त हुनेछ भने त्यसैगरी सोही ल्भतधयचप हुँदै विश्वभरिबाट पर्यटकहरू सहज रूपमा नेपाल भ्रमण गर्न सक्ने छन्।

यसबाट नेपाल वायुसेवा निगमको व्यापार विस्तार हुनुको साथै समग्र देशको पर्यटन प्रवर्द्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने विश्वास लिइएको निगमका प्रवक्ता रमेश पौडेलले बताए।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष निर्देशन र बजार व्यवस्थापन विभागको विशेष पहलमा लामो समय देखिको निरन्तर समन्वय तथा वार्ताबाट सम्पन्न भएको सम्झौता पश्चात् नेपाल र जापान दुई देशका राष्ट्रिय ध्वजावाहक मार्फत एकआपसमा व्यापार विस्तार हुने प्रवक्ता पौडेलले बताए।

उनका अनुसार यात्रु वर्गको यात्रा सहज तथा किफायती हुने, विश्वभरका विभिन्न मुलुक एवं जापानको विभिन्न आन्तरिक गन्तव्यसम्म निगमकै टिकटमा विश्व स्तरीय सेवा प्रदान गर्न सकिने छ।

यो सहित निगमसँग Passenger Interline Partnership Agreement गर्ने एयरलाइन्सको सङ्ख्या २५ पुगेको छ भने Cargo Interline Partnership Agreement गर्ने एयरलाइन्सको सङ्ख्या २८ रहेको छ। आगामी दिनमा निगमको जहाजको सङ्ख्या थपिएसँगै निगमको विश्वव्यापी सञ्जाल अझै फैलिने विश्वास लिइएको छ।

यसबाट नेपाल र जापान बीचको आर्थिक एवं व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने र यात्रुहरूलाई जापानका विभिन्न गन्तव्यहरूमा सहज पहुँचको अवसर प्रदान हुने एवं जापानी पर्यटकहरूलाई पनि उच्च स्तरको सुविधा सहित नेपाल भ्रमणको लागि आकर्षक टुर प्याकेजहरू बनाउन सहज हुने विश्वास गरिएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.