यूएसएआइडीका १६ सय कर्मचारी बर्खास्त

यूएसएआइडीका १६ सय कर्मचारी बर्खास्त

2.3k
SHARES

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सहायता निकाय यूएसएआइडीका १ हजार ६०० कर्मचारीलाई बर्खास्त गरेका छन्। शुक्रवार एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई अमेरिका र विश्वभरका हजारौँ युएसएडका कर्मचारीहरूलाई हटाउने योजनालाई अगाडि बढाउन अनुमति दिएको थियो।

उक्त अनुमतिले सरकारी कर्मचारी युनियनहरूलाई ठुलो झट्का लागेको छ। उक्त फैसला खारेज गर्न ट्रम्प विरुद्ध मुद्दा समेत परेको छ। युएसएडका विश्वभर ४ हजार ६०० कर्मचारीहरू रहेका छन्।

अमेरिका बाहिर काम गर्ने धेरै कर्मचारीहरूलाई तलबी प्रशासनिक बिदामा राखिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प प्रशासनले धेरै कानुनी चुनौतीहरू पछि यी कर्मचारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

‘तपाईँलाई काम गर्न वञ्चित गराइएको जानकारी गराउन पाउँदा दुःख लागेको छ,’बर्खास्त गरिएका एक कर्मचारीलाई पठाइएको इमेलमा भनिएको छ। इमेलमा पत्र प्राप्त गर्नेहरूलाई अप्रिल २४ देखि सेवाबाट हटाइने समेत उल्लेख गरिएको छ।

यूएसएआइडीले अत्यावश्यक कामदारहरू बाहेक सबैलाई बिदा दिइएको वेभसाईटमा उल्लेख गरेको छ। युएसएडका उपप्रशासक पिट मार्कोले ६०० कर्मचारीहरूलाई मात्रै राख्ने योजना रहेको सङ्केत गरेका छन्। जसमध्ये धेरैजसो अमेरिकामै बसोबास गर्नेहरू रहनेछन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.