बीमा प्राधिकरणका अध्यक्ष ओझाले लिए शपथ

बीमा प्राधिकरणका अध्यक्ष ओझाले लिए शपथ

336
SHARES

काठमाडौँ : नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ अध्यक्ष ओझाले शपथ लिए।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्राधिकरणको अध्यक्षमा ओझालाई नियुक्त गर्ने निर्णय गरेको थियो। नवनियुक्त ओझालाई उपप्रधान एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओझाको पुर्खौली थलो डडेलधुराको गन्यापधुरा गाउँपालिका हो। उनीसँग सञ्चार र कर्पोरेट क्षेत्रको उच्च व्यवस्थापकीय तह समेत गरी १२ वर्षको कार्य अनुभव छ।

नेपाल उद्योग वाणिज्य महासङ्घ,नेपाल उद्योग परिसंघ जस्ता निजी क्षेत्रका छाता संस्थाहरूका लागि विभिन्न दस्ताबेज निर्माणमा विज्ञका रूपमा काम गरेको अनुभव ओझासँग छ।

३३ वर्षीय ओझाले २०७२ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरे। २०७६ सालमा त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेका ओझाले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका छन्। ओझाले आर्थिक पत्रकारका रूपमा विभिन्न सञ्चार संस्थाहरूसँग जोडिएर काम गरेका छन्।

बहुराष्ट्रिय कम्पनी, सञ्चारमाध्यम, ट्रेडीङ कम्पनी, व्यवस्थापन कलेज तथा कानुनी क्षेत्रमा कार्य अनुभव बटुलेका ओझा केही अघिसम्म चाणक्य मिडियाले सञ्चालन गरेको आर्थिक अनलाइन क्लिकमाण्डु डटकममा वरिष्ठ प्रबन्धक एवम् विशेष संवाददाताको भूमिकामा कार्यरत थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.